Logo

बुधबार, मंसिर १५ गते २०७८

देशको भविष्यको निम्ती पनि काँग्रेसमा गुटको अन्त्य जरुरी छ । 

देशको भविष्यको निम्ती पनि काँग्रेसमा गुटको अन्त्य जरुरी छ । 

कालीगण्डकी खबर

२, मंसिर २०७८
  • 706
    SHARES
  • देशको भविष्यको निम्ती पनि काँग्रेसमा गुटको अन्त्य जरुरी छ । 

    नेपाली काँग्रेस धेरै लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी हो । धेरै ठूला परिवर्तनहरु नेपाली काँग्रेसकै अगुवाइमा भएको सर्वविदित नै छ । जब जब नेपाली काँग्रेस कमजोर हुदै गर्छ तब तब यो देशको व्यवस्था कमजोर हुदै जान्छ । यदि २००७ सालको क्रान्ति सफल भएपछि नेपाली काँग्रेस एकजुट भएको भए त्यतिखेर नै संविधान सभाको निर्वाचन भैसक्ने थियो । विपि कोइराला र मातृकाप्रसाद कोइरालाको द्वन्दले राजाले अनेक बहानामा नेपालीहरुले आफैले संविधान लेख्ने अधिकारलाई कुन्ठित गर्दै अगाडि बढे ।

    images

    २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसको दुुई तिहाइको बहुमत आइसक्दा पनि विपि र सुवर्णको टकरावको कारण राजाले सरकार गठन गर्न ढिलो गरे, राजाले सरकार गठन गर्न आलटाल मात्र हैन आफ्नै अनुकुल हुनेगरी संविधान पनि लादे जसका कारण २०१५ सालमा राजा महेन्द्रले फुल्दै गरेको प्रजातन्त्रको कोपिला कोपिलामा नै निमोठी प्रजातन्त्रको हत्या गरे । धेरै नेपालीहले आशा गरेका थिए अब विकासका नया विहानी शुरु हुन्छ भनेर तर विडम्बना राजा महेन्द्रले ती आशामाथि तुसारापात लगाइदिए । दुई तिहाइको सरकार हुँदा राम्रा कामहरु गर्न थालनी भएका थिए जस्तै प्रधानमन्त्री, मन्त्रीको तलब घटाएका थिए, जस्मा प्रधानमन्त्रीको २५०० बाट १५००, उपप्रधानमन्त्रीको २००० बाट १२०० र मन्त्रीहरुको १५०० बाट १००० बनाएका थिए । जसको जोत उसको पोत भन्ने नाराका साथ विर्ता उन्मुलन गरेको थियो, वैज्ञानिक कर लागु भएको थियो, शिक्षामा आमूल परिवर्तनको निम्ति १६२४ नयाँ विद्यालय खुलाइएको थियो, वनजंगल राजसंस्थाको नाउँमा रहेकोमा सरकारीकरण गरिएको थियो, जग्गामा हदबन्दी लागु भएको थियो, स्वास्थ्य खानेपानी सुधारको क्रममा थियो तर विडम्वना यो सब सुधारहरु सहनीय नभएर राजा महेन्द्रले काँग्रेसको सरकार फालेर कु गर्ने चेष्टा गरे ।

    ३० वर्ष लामो पञ्चायती व्यवस्थालाई नेपाली काँग्रेसकै नेतृत्वमा २०४६ सालमा फाली नेपालमा फेरी प्रजातन्त्र स्थापना भएको थियो । नेपाली काँग्रेसभित्रको घरको द्वन्द्वले गर्दा नेपाली काँग्रेस पटक पटक पराजय मात्र भएन नेपाली काँग्रेस कमजोर भएको मौका छोपी २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले प्रजातन्त्र मास्ने काम गरे । २०६२÷०६३ को सफल जनआन्दोलनको नेतृत्व नेपाली काँग्रेसले गर्दै नेपाललाई गणतान्त्रिक मुलुकको रुपमा स्थापित गरेको सर्वविदित नै छ ।

    नेपाली काँग्रेको नेतृत्व नहुँदा मुलुकमा संविधानविहीन अवस्था लामो समयसम्म रह्यो यो अवस्थाबाट गुिज्रदै गर्दा २०७२ सालमा नेपाली काँग्रेसको नेतृत्वमा मुलुकले नयाँ संविधान पाएको छ । नेपाली काँग्रेसभित्रको आन्तरिक कलह र झगडाले नेपाली काँग्रेसको जनमत हुँदा हुदै पनि २०७४ सालको स्थानीय तहको चुनाव, प्रदेश र केन्द्रको आम निर्वाचनमा नेपाली काँग्रेस नराम्रोसँग पराजित हुन पुग्यो । 

    कम्युनिष्टको करिब करिब दुई तिहाइको सरकार बनेको थियो मुलुकमा स्थायी सरकार बनेसंगै मुलुक विकास र समृद्धितर्फ लम्कन्छ भन्ने ठूलो आश र भरोशा आम नेपाली जनतामा थियो तर ती आशा र भरोसामा कम्युनिष्ट सरकार अझै भनौ के.पि ओली सरकारले तुषारोपात लगाइदिएका थिए । कुरा चर्काे गर्ने विकासका ठूलाठूला कुरा गर्ने काम माखो नमार्ने जनताको काम भन्दा पनि आफ्नो कार्यकर्ता पोस्ने काम मात्र गर्ने । भष्ट्रचारको सिमा नाघेको थियो, सुशासनको धज्जी उडाएका थिए, काण्डै काण्ड मच्चाएका थिए, जसले गर्दा जनता आजित बनेका थिए । दुई तिहाइको सरकारले विधि र विधानको धज्जी उडाउदै पटक पटक संविधान विघटन गर्ने चेष्टा गरेको थियो जसका कारण आज फेरी यो मुलुकको लोकतन्त्र रक्षा  गर्नको निम्ती, विकास र निकासको निम्ती नेपाली काँग्रेसको सरकार बनेको छ । सबैको आशा र भरोसा नेपाली काँग्रेसमा अडिएको छ । 

    नेपाली काग्रेस आज १४ औँ महाअधिवेशनको संघारमा उर्लिएको छ । “काँग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाआँै १४ आँै महाअधिवेशन” नाराका साथ आम काँग्रेसीजन महाअधिवेशनमा होमिएका छन् । सारा नेपालीको दृष्टि, सारा नेपालीको ध्यान अहिले नेपाली काँग्रेसको महाअधिवेशनमा केन्द्रित छ किनभने यो नेपाली काँग्रेसको मात्र अधिवेशन नभएर यो मुलुककै भविष्य निर्धारण गर्ने अधिवेशन हो । नेपाली काँग्रेसभित्र गुट मौलाउदै गर्दा नेपाली काग्रेस कमजोर हुदै जान्छ,त्यसैले नेपाली काँग्रेसमा गुटको अन्त्य हुन जरुरी छ । यो मुलुकको भविष्यको निम्ती पनि काँग्रेस बलियो हुनु जरुरी छ जुन कुरा इतिहासले पनि देखाइसकेको छ । 

    लेखक ई. अनुप श्रेष्ठ नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र १ स्याङ्जाको महाधिवेशन प्रतिनिध पदका उमेद्दवार (जनजाती तर्फ)  हुनुहुन्छ ।

    प्रकाशित मिति :मंसिर २, २०७८ बिहीबार - १०:३२:३६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology