Logo

बुधबार, मंसिर १५ गते २०७८

काँग्रेस अधिवेशनः स्याङ्जा २ (क) मा अर्जुनप्रसाद खनाल विजयी

काँग्रेस अधिवेशनः स्याङ्जा २ (क) मा अर्जुनप्रसाद खनाल विजयी

कालीगण्डकी खबर

३, मंसिर २०७८
  • 3.3K
    SHARES
  • काँग्रेस अधिवेशनः स्याङ्जा २ (क) मा अर्जुनप्रसाद खनाल विजयी

    स्याङ्जा, ३ मङ्सिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर २ (क) को सभापतिमा अर्जुनप्रसाद खनाल विजयी हुनु भएको छ ।

    निर्वाचन कार्यालयका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर २ (क) को सभापतिमा खनालले ३२७ मत मतभार प्राप्त गरी विजयी हुनु भएको हो ।

    images

    उहाँका प्रतिद्वन्द्वी विद्या श्रेष्ठले २५१ मतभार प्राप्त गर्नुभएको छ ।  

    त्यसै गरी उपसभापतिमा कुल बहादुर गुरुङ र भविष्वर कोइराला, सचिवमा ढण्डपानी पंगेनी (डण्डु) र अमृत अर्याल, सहसचिवमा  दिक्षान्तप्रताप खाँण र बोधराज कुँबर (राजु) निर्वाचित हुनुभएको छ ।

    यो पनि पढ्नुहोस् :- स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउँदै

    प्रकाशित मिति :मंसिर ३, २०७८ शुक्रबार - २२:५४:३५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology