Logo

बुधबार, मंसिर १५ गते २०७८

काँग्रेस अधिवेशनः स्याङ्जा २ (ख) मा महेश भट्टराई विजयी

काँग्रेस अधिवेशनः स्याङ्जा २ (ख) मा महेश भट्टराई विजयी

कालीगण्डकी खबर

३, मंसिर २०७८
  • 3.3K
    SHARES
  • काँग्रेस अधिवेशनः स्याङ्जा २ (ख) मा महेश भट्टराई विजयी

    स्याङ्जा, ३ मङ्सिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर २ (ख) को सभापतिमा महेश भट्टराई विजयी हुनु भएको छ ।

    निर्वाचन कार्यालयका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर २ (ख) को सभापतिमा भट्टराईले ३८२ मतभार प्राप्त गरी विजयी हुनु भएको हो । 

    images

    उहाँका प्रतिद्वन्द्वी कमलप्रसाद रेग्मीले १७४ मतभार प्राप्त गर्नुभयो । 

    त्यसैगरी सचिवमा गोकर्णप्रसाद भट्टराई र रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित हुनुभएको छ ।

    उपसभापतिमा यसअघि नै टिकाराम तिवारी र  खगिसरा आले निविर्राेध निर्वाचित हुनु भएको थियो । 

    यो पनि पढ्नुहोस् :-  काँग्रेस अधिवेशनः स्याङ्जा २ (क) मा अर्जुनप्रसाद खनाल विजयी

    प्रकाशित मिति :मंसिर ३, २०७८ शुक्रबार - २३:४८:३६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology