Logo

बुधबार, मंसिर १५ गते २०७८

काँग्रेस अधिवेशनः स्याङ्जा १ (क) को सभापतिमा केशर बहादुर खाँण विजयी

काँग्रेस अधिवेशनः स्याङ्जा १ (क) को सभापतिमा केशर बहादुर खाँण विजयी

कालीगण्डकी खबर

४, मंसिर २०७८
  • 1.8K
    SHARES
  • काँग्रेस अधिवेशनः स्याङ्जा १ (क) को सभापतिमा केशर बहादुर खाँण विजयी

    स्याङ्जा, ४ मङ्सिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापतिमा केशर बहादुर खाँण (धुव्र) विजयी हुनु भएको छ ।

    निर्वाचन कार्यालयका अनुसार शुक्रबार सम्पन्न भएको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापतिमा खाँण विजयी हुनु भएको हो । 

    images

    त्यसै गरी उपसभापतिमा बोधराज अर्याल र हुम बहादुर लम्साल (राजेन्द्र), सचिवमा आशिष लम्साल र नवराज वाग्ले, सहसचिवमा वेद कुमार गुरुङ र राजेन्द्र शर्मा निर्वाचित हुनुभएको छ ।

    यो पनि पढ्नुहोस् :- काँग्रेस अधिवेशनः स्याङ्जा २ (ख) मा महेश भट्टराई विजयी

    प्रकाशित मिति :मंसिर ४, २०७८ शनिबार - ०७:२२:०६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology