Logo

बुधबार, मंसिर १५ गते २०७८

काँग्रेस अधिवेशनः स्याङ्जाका चारवटै प्रदेश क्षेत्रमा सभापति निर्वाचन (नामावालीसहित)

काँग्रेस अधिवेशनः स्याङ्जाका चारवटै प्रदेश क्षेत्रमा सभापति निर्वाचन (नामावालीसहित)

अर्जुन खनाल

४, मंसिर २०७८
  • 1.8K
    SHARES
  • काँग्रेस अधिवेशनः स्याङ्जाका चारवटै प्रदेश क्षेत्रमा सभापति निर्वाचन (नामावालीसहित)

    अर्जुन खनाल । स्याङ्जा, ४ मङ्सिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जाका चारवटै प्रदेश सभा सभापतिसहितको पदाधिकारी निर्वाचित भएका छन् । चारवटै प्रदेशसभामा निर्वाचनबाट नेतृत्व चयन भएको हो । 

    नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्बर १ (क) को सभापतिमा केशर बहादुर खाँण (धुव्र) ३२७ मत प्राप्त गरी विजयी हुनु भएको छ । त्यसै गरी उपसभापतिमा बोधराज अर्याल र हुम बहादुर लम्साल (राजेन्द्र), सचिवमा आशिष लम्साल र नवराज वाग्ले, सहसचिवमा  बेद कुमार गुरुङ र राजेन्द्र शर्मा निर्वाचित हुनुभएको छ ।

    प्रदेश प्रतिनिधिमा दिपक शर्मा चापागाई, विनोद केसी, चन्द्रमणि पौडेल, मेखलाल श्रेष्ठ, नारायणप्रसाद पोखरेल, राजेन्द्र कुमार अधिकारी, भक्त बहादुर केसी, नन्दकला थापा, सजिता नेपाल अर्याल, विदुषा बस्नेत अर्याल, नारायण पोखरेल, रन्जता रेग्मी, नेम बहादुर राना, उत्तम प्रसाद श्रेष्ठ, ज्योति माया राना, सुवास गहतराज र बेल बहादुर विक निर्वाचित हुनुभएको छ । 

    स्याङ्जा क्षेत्र नम्बर १ (ख) को सभापतिमा प्रकाश तिवारी २९२ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । त्यसै गरी उपसभापतिमा थानेश्वर पौडेल र प्रल्हाद जंग मरासिनी, सचिवमा प्रताप राज पौडेल र शिव बहादुर थापा, सहसचिवमा उदयराज पौडेल र युवराज हमाल निर्वाचित हुनुभएको छ ।

    प्रदेश प्रतिनिधीमा महेश बहादुर थापा, जनकराज खनाल, चन्द्र बहादुर रोका, रामचन्द्र पौडेल, राम्जी प्रसाद भण्डारी, नरेन्द्र शर्मा मरासिनी, यम प्रसाद पौडेल, उर्मिला गुरुङ, गिता चापागाई, दुर्गा कुमारी केसी, कमल बहादुर सापकोटा, देवी कार्की अधिकारी, कुम बहादुर गुरुङ,  मिना सुनार र अनुवर अलि निर्वाचित हुनुभएको छ ।

    images

    त्यसैगरी स्याङ्जा क्षेत्र नम्बर २ (क) को सभापतिमा अर्जुनप्रसाद खनाल ३२७ मत प्राप्त गरी विजयी हुनु भएको छ । उपसभापतिमा कुल बहादुर गुरुङ र भविष्वर कोइराला, सचिवमा ढण्डपानी पंगेनी (डण्डु) र अमृत अर्याल, सहसचिवमा  दिक्षान्तप्रताप खाँण र बोधराज कुँबर (राजु) निर्वाचित हुनुभएको छ ।

    प्रदेश प्रतिनिधीमा राज कुमार गुरुङ, कमल कुँवर, भीमप्रसाद पंगेनी, चेतनारायण श्रेष्ठ, चक्रबन्धु रेग्मी (बन्धु), ध्रुव पंगेनी, नरबहादुर पौडेल, वर्षा पंगेनी, सीता गैह्रे (पंगेनी), वोला पाठक, गोविन्द पंगेनी, शंकर पाण्डे, मीना खाँण, केशभक्त गुरुङ, खिनमाया गुरुङ, खगीसरा विक (खैसरा) र भेषराज रेग्मी निर्वाचित हुनु भएको छ ।

    त्यसैगरी स्याङ्जा क्षेत्र नम्बर २ (ख) को सभापतिमा महेश भट्टराई ३८२ मत प्राप्त गरी विजयी हुनु भएको छ ।  त्यसैगरी उपसभापतिमा टिकाराम तिवारी र  खगिसरा आले, ।सचिवमा गोकर्णप्रसाद भट्टराई र रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित हुनुभएको छ ।

    प्रदेश प्रतिनिधीमा अमृत पाण्डेय, एकदेव भट्टराई, ढाकाराम न्यौपाने, रघुनाथ खनाल, विन्दु कोइराला, विष्णु अधिकारी, हरिबोल भट्टराई, जिता राना, पदमा भुषाल, साधना न्यौपाने, देव बहादुर खाँण, तारादेवी पोखरेल, जनक कुमार श्रेष्ठ, निर्मल राना मगर, नैनिकला थापा, शिव परियार दमाई र सुनिता थापा निर्वाचित हुनुभएको छ । 

    प्रकाशित मिति :मंसिर ४, २०७८ शनिबार - १७:३३:२१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    अर्जुन खनाल

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology