काठमाडौं, ४ मङ्सिर । नेपाली फिल्म “चपली हाइट ३” को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ ।
अर्जुन कुमारको निर्माण रहेको फिल्मको शुक्रबार दरमार्गको राइजिङ मलस्थित क्युज सिनेमाज्मा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।
फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दिपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ । आगामी पुस २ गतेबाट प्रदर्शन मिति तोकिएको फिल्मका कार्यकारी निर्माता नरेन्द्र महर्जन र हेमन्त धामी हुनुहुन्छ ।
आकाश बरालको कथा तथा सम्वाद रहेको फिल्ममा डिपी खनालको शब्द, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।
दिर्घ खड्काको सम्पादन र पुरषोत्तम प्रधानको छायाँकन रहेको फिल्म क्राइम थ्रिलर जनरामा निर्माण भएको हो । फिल्मको निर्देशन निकेश खड्काले गर्नुभएको हो । २ मिनेट ३६ सेकेण्डको अवधिको ट्रेलरमा फिल्मको केही महत्वपूर्ण अंश समेटिएको छ ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।