Logo

बुधबार, मंसिर १५ गते २०७८

ए डिभिजन लिग फुटबल: मनाङ मस्र्याङ्दी र बिग्रेड ब्वाइज विजयी

ए डिभिजन लिग फुटबल: मनाङ मस्र्याङ्दी र बिग्रेड ब्वाइज विजयी

कालीगण्डकी खबर

६, मंसिर २०७८
  • 256
    SHARES
  • ए डिभिजन लिग फुटबल: मनाङ मस्र्याङ्दी र बिग्रेड ब्वाइज विजयी

    काठमाडौँ, ६ मङ्सिर । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आइतबार भएका खेलमा मनाङ मस्र्याङ्दी क्लब र ब्रिगेड ब्वाइज क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मनाङले लिगमा सुखद सुरुआत गरेको हो । 

    मनाङका लागि दिनेश राजवंशीले खेलको ५६औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । उहाँ सो खेलमा म्यान अफ दी म्याच चुनिनुभयो ।  जितसँगै मनाङले तीन अङ्क जोडेको छ । 

    यस्तै दशरथ रङ्गशालामा आइतबार भएको अर्को खेलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गराएको छ ।

    ब्रिगेडका लागि दिनेश राईले दुई तथा सुरज गुरुङले एउटा गोल गर्नुभयो । एपीएफका लागि भने आशिष लामा र बिकी तामाङले एक एक गोल गर्नुभयो । प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा ब्रिगेडले सुरुआती अग्रता लिएको थियो ।

    खेलको ११औँ मिनेटमा राईले करिब ३५ यार्डबाट प्रहार गरेको बलले जाली चुम्यो । खेलको १७औँ मिनेटमा एपीएफले बराबरी गोल फर्कायो । आवास लामिछानेको क्रसमा आशिष लामाले उक्त गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा पु¥याउनुभयो । 

    यस्तै खेलको ६५औँ मिनेटमा राजवंशीले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रिगेडलाई २–१ को अग्रता दिलाउनुभयो । खेलको ७७औँ मिनेटमा रवि थिङको पासमा बिकी तामाङले गोल गर्दै एपीएफलाई २–२ गोलको बराबरीमा पु¥याउनुभयो ।

    खेलको अत्तिरिक्त समयमा सुरज गुरुङले गोल गर्दै ब्रिगेडलाई ३–२ को जित दिलाउनुभयो । सो खेलको म्यान अफ दी म्याच ब्रिगेडका रोशन राना मगर घोषित हुनुभयो । 

    जितसँगै ब्रिगेडले ३ अङ्क जोडेको छ । लिगअन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर ६, २०७८ सोमबार - ०७:४०:५६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology