Logo

बुधबार, मंसिर १५ गते २०७८

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता: सुदूरपश्चिमको टोली घोषणा

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता: सुदूरपश्चिमको टोली घोषणा

कालीगण्डकी खबर

७, मंसिर २०७८
  • 238
    SHARES
  • यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता: सुदूरपश्चिमको टोली घोषणा

    बैतडी, ७ मङ्सिर । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।  खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।  

    images

    सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार टोलीका अन्य खेलाडीमा नारायण जोशी (उपकप्तान), अर्जुन साउँद (विकेटकिपर), नरेन भट्ट, गजेन्द्र बोहरा, शेर मल्ल, नरेन्द्र साउँद, लोकेश बम, राहुल भण्डारी, कैलाश ऐर, हेमन्त धामी, आकाश चन्द, दिपक टमटा र वसन्त कार्की  रहेका छन् । 

    यस्तै अर्जनसिंह साउँद, अनुराग सिंह, सञ्जय बोहरा र वीरेन्द्र बमलाई वैकल्पिक खेलाडीका रुपमा छनोट भएका छन् । गत कात्तिक २४ गतेदेखि मङ्सिर १ गतेसम्म भएको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट २४ जनालाई बन्द प्रशिक्षणमा राखिएको थियो ।

    बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट १४ जनालाई छनोट गरिएको हो । नेपाल क्रिकेट सङ्घको आयोजनामा आजदेखि काठमाडौँमा उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । 

    प्रकाशित मिति :मंसिर ७, २०७८ मंगलबार - ०७:२७:४९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology