Logo

बुधबार, मंसिर १५ गते २०७८

नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ को सभापतिमा खाँण निर्वाचित

नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ को सभापतिमा खाँण निर्वाचित

कालीगण्डकी खबर

७, मंसिर २०७८
  • 2.3K
    SHARES
  • नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ को सभापतिमा खाँण निर्वाचित

    स्याङ्जा, ७ मङ्सिर । वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँण नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ को सभापतिमा निर्वाचित हुनुभएको छ ।

    images

    काँग्रेस स्याङ्जा क्षेत्र नं २ को अधिवेशनमा खाँणले ८२३ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी धु्रवप्रसाद शर्मा (पंगेनी) ले ३६४ मत प्राप्त गर्नुभयो ।

    त्यसैगरी सचिवमा फणीनारायण रेग्मी (दिपक) र यादवप्रसाद पाण्डे(सुन्दर), सहसचिवमा प्रमोद पोखरेल र  राजेश डुम्रे निर्वाचित हुनुभएको छ ।

    को हुन् खाँण ?
    विसं २०३७ देखि नेविसंघमा आवद्ध भएर विद्यार्थी राजनीति शुरुवात गर्नुभएको खाँणले विसं २०३९ देखि ४१ सम्म पूर्णामृत माविको इकाई सभापति, विसं २०४२ मा पृथ्वी नारायण क्याम्पस (पिन क्याम्पस) मा नेविसंघको इकाई सदस्य, विसं २०४३– ४४ मा नेविसंघ वैदेशिक शाखाको सचिव र विसं २०४६–४८ मा त्रिचन्द्र क्याम्पसको नेविसंघको एकाईमा बसेर काम गर्नुभयो । 

    विसं २०४६ मा नेपाली काँग्रेसको क्रियाशील सदस्य लिनुभएको खाँण नेपाली काँग्रेसको १० औँ महाधिवेशनमा नेपाली काँग्रेस स्याङ्जाको जिल्ला कार्यसमितिको सदस्य, ११ औँ, १२ औँ र १३ औँ महाधिवेशनबाट नेपाली काँग्रेस वालिङको नगरसभापति भएर काम गर्नुभएको छ ।


    विस २०४९ को स्थानीय निर्वाचनमा २२ वर्षको उमेरमा खाँणले तत्कालिन पेखु बाघखोर गाविसको अध्यक्षको टिकट पाए पनि गाविस अध्यक्ष हुन कम्तिमा २५ वर्ष पुगेको हुनुपर्ने प्रावधान भएको हुँदा उहाँले उम्मेदवारी दिन पाउनु भएन । 

    विसं २०५४ को स्थानीय निर्वाचनमा वालिङ नगरपालिकाको उपमेयर निर्वाचित हुनु भएको खाँण २०७४ को स्थानीय निर्वाचनमा वालिङ नगरपालिकाको नगरप्रमुख निर्वाचित भएर काम गरिरहनुभएको छ । 

    यो पनि पढ्नुहोस् :-  काँग्रेस अधिवेशन: महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर मल्ल विजयी

    प्रकाशित मिति :मंसिर ७, २०७८ मंगलबार - ०९:३२:५७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology