Logo

बुधबार, मंसिर १५ गते २०७८

राष्ट्रिय क्रिकेटः लुम्बिनी प्रदेश विजयी

राष्ट्रिय क्रिकेटः लुम्बिनी प्रदेश विजयी

कालीगण्डकी खबर

७, मंसिर २०७८
  • 250
    SHARES
  • राष्ट्रिय क्रिकेटः लुम्बिनी प्रदेश विजयी

    काठमाडौँ, ७ मङ्सिर  । राजधानीमा आजदेखि सुरु भएको यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ ।

    images

    मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी १४.२ ओभरमा जम्मा २३ रनमा समेटियो । गण्डकीका सात खेलाडीले खाता खोल्न सकेनन् । गण्डकीका अर्जुन कुमालले १७ बलमा १ चौकासहित सर्वाधिक ६ रन बनाए । 

    त्यस्तै विष्णु पाण्डे ५ तथा सचिनराज अधिकारीले २ रन बनाए । बलिङतर्फ तीव्रगतिका बलर मोहम्मद हसैनले ७ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ७ विकेट लिए । त्यस्तै दुर्गेश गुप्ता र वासिर अहमदले एक एक विकेट हात पारे । २४ रनको विजयी लक्ष्य पछ््याएको लुम्बिनीले ५ दशमलव ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

    लुम्बिनीका कप्तान देव खनालले २० बलमा ४ चौकासहित सर्वाधिक १७ रन बनाए ।् विराट भण्डारी ८ रनमा अविजित रहे । लुम्बिनीले दोस्रो खेलमा भोलि कर्णालीसँग कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्नेछ ।  बुधबारनै हुने अर्को खेल मूलपानीमा गण्डकी प्रदेशले वाग्मती प्रदेशसँग खेल्नेछ ।

    प्रकाशित मिति :मंसिर ७, २०७८ मंगलबार - १४:२६:०५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology