Logo

बुधबार, मंसिर १५ गते २०७८

स्वास्थ्यमन्त्रीको निर्देशनपछि श्यामलालको उपचार वीर अस्पतालमा सुरु

स्वास्थ्यमन्त्रीको निर्देशनपछि श्यामलालको उपचार वीर अस्पतालमा सुरु

कालीगण्डकी खबर

७, मंसिर २०७८
  • 409
    SHARES
  • स्वास्थ्यमन्त्रीको निर्देशनपछि श्यामलालको उपचार वीर अस्पतालमा सुरु

    काठमाडौँ, ७ मङ्सिर । पेटमा पानी भरिने समस्याबाट १३ वर्षदेखि ग्रसित श्यामलाल सार्की नेपालीको उपचार वीर अस्पतालमा सुरु भएको छ । 

    विभिन्न सञ्चारमाध्यममा नेपालीको समाचार आएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनमा ४९ वर्षीय नेपालीलाई वीर अस्पतालमा निःशुल्क उपचार सुरु गरिएको हो ।

    images

    एसाइटिस नामक सो रोगका कारण सन्धिखर्क नगरपालिका–९ नौलापानीका नेपाली हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा हुनुहुन्थ्यो । विपन्न, गरिब र दलित परिवारमा जन्मिएका नेपालीको अहिले वीर अस्पतालको मेल मेडिकल वार्डअन्तर्गत बेड नं १२३ मा उपचार भइरहेको छ ।
     
    मन्त्री खतिवडाको सचिवालयको नियमित चासो तथा पहरेदारीमा अस्पतालबाट प्राप्त हुनसक्ने जति सबै सुविधा निःशुल्क हुने गरी उहाँको उपचार भइरहेको छ । मन्त्री खतिवडाका प्रेस सल्लाहकार सन्तराम बिडारीका अनुसार विरामीको अल्ट्रासाउन्ड, इन्डोस्कोपीलगायतका परीक्षण भइसकेको छ । 

    कलेजोमा समस्या देखिएको र पेटको पानी निकाल्ने काम पनि हरेक दिनजसो भइरहेको छ । सो पानीसमेत परीक्षणका लागि दिइएको र रिपोर्ट बिहीबार मात्र आउने अस्पतालले जनाएको छ । उक्त रिपोर्ट आएपछि कसरी उपचार गर्ने भन्नेबारेमा चिकित्सक निष्कर्षमा पुग्ने बताइएको छ । 

    बिरामीलाई भर्ना गरेर उपचार थालिएको र अस्पतालमा उपलब्ध भएजतिका औषधि, खानालगायत अन्य व्यवस्था गरिएको र बाहिर किन्नुपर्ने औषधि खर्चका लागि पनि अभियानकर्मीले सहयोग अभियान चलाएका जनाइएको छ । 

    प्रकाशित मिति :मंसिर ७, २०७८ मंगलबार - १९:५०:१४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology