Logo

बुधबार, मंसिर १५ गते २०७८

बस दुर्घटनाबाट ४६ को मृत्यु भएपछि तीन दिने शोक घोषणा

बस दुर्घटनाबाट ४६ को मृत्यु भएपछि तीन दिने शोक घोषणा

एजेन्सी

८, मंसिर २०७८
  • 274
    SHARES
  • बस दुर्घटनाबाट ४६ को मृत्यु भएपछि तीन दिने शोक घोषणा

    स्कोपजे,८ मङ्सिर । उत्तरी मेसेडोनिया सरकारले पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनाबाट ठूलो क्षति भएको भन्दै त्यसप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ ।सो बम दुर्घटनामा परेर कम्तीमा पनि ४६ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ । उक्त दुर्घटनामा परेर ज्यान जानेमा १२ जना बालबालिका पनि परेका छन् ।

    images

    सो दुर्घटनामा परेर जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ । मृत्यु भएका १२ बालबालिकाको शव जलेको अवस्थामा पाइएको भन्दै यहाँका नागरिकहरु निकै स्तब्ध भएका छन् ।यहाँको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बस दुर्घटनामा परेरपछि आगो लागेको र त्यहाँ रहेका यात्रुहरु जलेका बताएका छन् ।

    सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समयानुसार दिउँसो २ः०० बजे सो दुर्घटना भएको हो । दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन ।यहाँको सरकारले मंगलबारदेखि नै तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ । यो तीन दिनसम्म देशभित्र र उसका विश्वमा रहेका दूतावासहरुमा पनि कुनै औपचारिक कार्यक्रमहरु नगरिने जनाइएको छ ।

    प्रकाशित मिति :मंसिर ८, २०७८ बुधबार - १४:३२:५७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    एजेन्सी

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology