Logo

बुधबार, मंसिर १५ गते २०७८

मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकिने

मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकिने

कालीगण्डकी खबर

८, मंसिर २०७८
  • 208
    SHARES
  • मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकिने
    फाइल फोटो

    काठमाडौँ, ८ मङ्सिर । सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ ।

    images

    प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशको बिहीबार बस्ने पूर्ण बैठक (फूलकोर्ट) ले यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गर्नेछ ।
     
    सर्वोच्च अदालतका १९ जना न्यायाधीशको आज बसेको अनौपचारिक बैठकले सर्वोच्च प्रशासनसँग सहमति गरी पूर्ण बैठक बस्ने र गोलाप्रक्रियाबाट सुनुवाइ गर्ने तय गरेको हो ।

    सर्वोच्च अदालतका १९ न्यायाधीशले सर्वोच्च अदालतमा पूर्ण बैठक बस्नुअघि नेपाल बार एशोसिएशनका प्रतिनिधिसँग आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्ने तयारीसमेत रहेका छन् ।
     
    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको यही मङ्सिर २ गते बिहीबारको पूर्ण बैठक ९फूलकोर्ट० ले गोलाप्रक्रियासहित नियमावली पास गर्ने निर्णय गरेको थियो ।

    उक्त निर्णयअनुसार सोमबार राजपत्रमा प्रकाशितसमेत भइसकेको छ । गोलाप्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एशोसिएशनको पनि थियो । उक्त माग पूरा हुने भएको छ ।
       
    सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ ।

    अदालतमा मुद्दाको चापअनुसार नियमितरुपमा बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।  

    प्रकाशित मिति :मंसिर ८, २०७८ बुधबार - १८:२९:१९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology