Logo

बुधबार, मंसिर १५ गते २०७८

अमेरिकी राष्ट्रपति बाइडेनद्धारा ११० देशलाई निमन्त्रणा

अमेरिकी राष्ट्रपति बाइडेनद्धारा ११० देशलाई निमन्त्रणा

एजेन्सी

८, मंसिर २०७८
  • 283
    SHARES
  • अमेरिकी राष्ट्रपति बाइडेनद्धारा ११० देशलाई निमन्त्रणा

    वासिङ्टन, ८ मङ्सिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गर्नु भएको छ ।

    images

    भर्चुअल माध्यमबाट हुने सम्मेलनमा एक सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।  

    लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागीताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिहरुलाई निमन्त्रणा गर्नु भएको हो । 

    सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरुको सूचीमा छैन । 

    बाइडेन प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुद् बनाउन सम्मेलनको आयोजना गरेको बताउने गर्नु भएको छ ।

    प्रकाशित मिति :मंसिर ८, २०७८ बुधबार - १८:५५:५८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    एजेन्सी

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology