Logo

बुधबार, मंसिर १५ गते २०७८

कर्णालीका आठ जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न

कर्णालीका आठ जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न

कालीगण्डकी खबर

९, मंसिर २०७८
  • 175
    SHARES
  • कर्णालीका आठ जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न

    कर्णाली, ९ मङ्सिर । नेपाली काँग्रेसले कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । काँग्रेसले बुधबारसम्म सुर्खेत र दैलेखबाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । 

    images

    काँग्रेसले कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट जिल्ला कार्य समिति चयन गरेको हो । जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लामा जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा पे्रमप्रकाश ओली, कालीकोटमा अम्बरबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही, हुम्लामा मोहनविक्रम सिंह र मुुगुमा ऐनबहादुर शाही सभापति पदमा चयन हुनुभएको छ । कर्णालीका सबै जिल्लामा पार्टीको आसन्न १४ औँ महाधिवेशनमा भाग लिने प्रतिनिधिको पनि टुङ्गो लागिसकेको छ । 

    काँग्रेस सुर्खेतका सहायक निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाले शुक्रबार सात पदाधिकारीसहित जिल्ला कार्य समितिका सदस्य चयन हुने बताउनुभयो । उहाँका अनुसार सभापति एक, उपसभापति, सचिव, सहसचिव दुई÷दुई जना, भूगोल, खुला र समावेशी क्षेत्रबाट कार्य समिति सदस्य निर्वाचित भएर आउनुपर्नेछ ।

    त्यस्तै दैलेखमा पनि शुक्रबार जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ । जिल्ला अधिवेशनपश्चात् यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन हुनेछ । प्रदेश अधिवेशन सम्पन्न गर्न काँग्रेसले यसअघि नै पार्टी केन्द्रीय समितिसमेत रहनुभएका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई संयोजक तोकिसकेको छ । 

    प्रकाशित मिति :मंसिर ९, २०७८ बिहीबार - १०:३९:२० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology