Logo

बुधबार, मंसिर १५ गते २०७८

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

कालीगण्डकी खबर

९, मंसिर २०७८
  • 178
    SHARES
  • जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

    जाजरकोट, ९ मङ्सिर । जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले उत्पादन सुरु गरेको छ । रु ८० लाखमा खरिद गरिएको उक्त  प्लान्टबाट दैनिक ४० भन्दा वढी सिलिण्डर भर्न सकिने छ । 

    images

    पचास श्ययाको जिल्ला अस्पतालका नयाँ संरचना निर्माण समेत जारी छ । झण्डै रु ३२ करोडमा नयाँ अत्याधुनिक भवन बन्ने जनाइएको छ  । भवन निर्माण ७० प्रतिशत पूरा भएको छ ।

    कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटमा मात्र ५० शश्याको अस्पताल छ । प्रदेश सरकारका मताहातमा स्वास्थ्य सेवा कार्यालय भए पनि सङ्घीय बजेटमा सो प्लान्ट खरिद गरिएको जनाइएको छ । 

    पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले प्लान्टको शुभारम्भ गर्दै जिल्लाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका आफू सधैँ सक्रिया भएको बताउनुभयो ।

    स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अक्सिजन उत्पादनसँगै स्वास्थ्य सेवा प्रवाहमा थप सहज भएको बताउनुभयो ।

    प्रकाशित मिति :मंसिर ९, २०७८ बिहीबार - १२:५२:५२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology