Logo

बुधबार, मंसिर १५ गते २०७८

वालिङमा लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान शुरु

वालिङमा लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान शुरु

कालीगण्डकी खबर

९, मंसिर २०७८
  • 388
    SHARES
  • वालिङमा लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान शुरु

    वालिङ, ९ मङ्सिर । वालिङ नगरपालिकाले लैंगिक हिंसा विरुद्ध हस्ताक्षर अभियान शुरु गरेको छ । नगरपालिकाले आजबाट प्रतिवद्धता सहित लैंगिक हिंसा विरुद्ध हस्ताक्षर संकलन अभियान शुरु गरेको हो । लैंगिक हिंसा सबैभन्दा बढी घर भित्रबाटै सुरु हुने भन्दै यसवर्षको दिवसको नारा नै ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ राखिएको छ ।

    संयुक्त राष्ट्र संघको आह्वानमा विश्व भरिनै आजबाट १६ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । लिङ्गको आधारमा गरिने सबै खाले विभेद अत्यको लागि यो दिवस मनाउने गरिएको हो । नोभेम्बर २५ बाट सुरु हुने यो अभियान १० डिसेम्बरको दिन सकिन्छ । १० डिसेम्बर अर्थात् विश्व मानव अधिकार दिवसको दिन अभियान समापन हुन्छ ।
    लैंगिक हिंसाको अन्त्य हुनुपर्ने भन्दै सबैले समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार भएकाले लिङ्गका आधारमा हुने सबैखाले हिंसा निरुत्साहित गर्न हस्ताक्षर संकलन शुरु गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

    images

    लिङ्गका आधारमा गरिने हिंसा अन्य हिंसाको तुलनामा बढी रहेकोले यसको न्यूनिकरणका लागि नगरपालिकाले थप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख खाँणले बताउनुभयो ।

    १६ दिनसम्म मनाईने यस अभियानलाई थप प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुहुन नगर उपप्रमख कल्पना तिवारीले जोड दिनुभयो । उहाँले नेपालको पितृसतात्मक समाजमा अझै पनि छोरा र छोरीलाई गरिने व्यवहार, महिला माथि हुने हिंसाको अन्त्य हुन नसकेको बताउनुभयो ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले लिङ्गका आधारमा कोहीमाथि पनि हिंसा गर्न नहुने बताउँदै आगामी दिनमा थप सीप, तालीम तथा प्रशिक्षणका कार्यक्रमहरु ल्याउने उल्लेख गर्नुभयो ।

    नगरपालिकाको मूलद्वारमा १६ दिनसम्म म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु लेखिएको ब्यानरमा हस्ताक्षर संकलन गरिने भएको छ । आजै बिहान प्लेकार्डसहित वालिङ बजार परिक्रमा गरिएको थियो ।

    यो पनि पढ्नुहोस् :- आन्तरिक पर्यटकको रोजाइमा वालिङको ‘बाहुनथान’

    प्रकाशित मिति :मंसिर ९, २०७८ बिहीबार - १६:३३:३३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology