Logo

सोमबार, माघ ३ गते २०७८

‘घुइँचो’ मा एलिजा र कुन्साङ

‘घुइँचो’ मा एलिजा र कुन्साङ

कालीगण्डकी खबर

१०, मंसिर २०७८
  • 667
    SHARES
  • ‘घुइँचो’ मा एलिजा र कुन्साङ

    काठमाडौं, १० मंङ्सिर । चलचित्र ‘घुइँचो’ मा अभिनेता कुन्साङ र अभिनेत्री एलिजा गौतमको मुख्य भूमिका रहने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माणको घोेषणा गरिएको हो । 

    सामाजिक कथावस्तुलाई आधार मानेर बनाउन लागिएको यो चलचित्रको निर्देशन दीपेन्द्र लामाले गर्ने भएका छन् । यसअघि निर्देशक दीपेन्द्रले ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’ आदि चलचित्र निर्देशन गरिसकेका छन् ।

    images

    उहाँले चलचित्रको कथाले गाउँदेखि अमेरिकाको कथा भन्ने बताउनुभयो । उहाँले चलचित्रलाई राम्रो बनाउन आफूले सकेको मिहिनेत गर्ने जिकिर गर्नुभयो ।

    यस्तै, अभिनेत्री एलिजाले चलचित्रको कथा मन परेर नै काम गर्न लागेको बताउनुभयो । अभिनेता कुन्साङले आफू चलचित्र क्षेत्रमा केही फरक भूमिका काम गर्ने रुचि भए पनि चलचित्रको कथावस्तु सुनेपछि आफूलाई मन परेको सुनाउनुभयो । उहाँले अभिनेत्री एलिजाबारे आफूले धेरै कुरा सुनेको भन्दैसँगै काम गर्न पाउँदा खुसी लागेको विचार व्यक्त गर्नुभयो । 

    माघको अन्तिम साताबाट छायांकनमा जान लागेको यस चलचित्रको निर्माता रामजी दैलेखी रहेका छन् । निर्माता दैलेखीले चलचित्रका अन्य कलाकार र प्राविधिक चाँडै नै तय गर्ने जानकारी दिनुभयो ।

    प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रबार - ०८:४०:३० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology