Logo

सोमबार, माघ ३ गते २०७८

‘ए’ डिभिजन लिग: सातदोबाटोद्वारा थ्रीस्टार पराजित

‘ए’ डिभिजन लिग: सातदोबाटोद्वारा थ्रीस्टार पराजित

कालीगण्डकी खबर

१०, मंसिर २०७८
  • 388
    SHARES
  • ‘ए’ डिभिजन लिग: सातदोबाटोद्वारा थ्रीस्टार पराजित

    काठमाडौँ, १० मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटाले थ्रीस्टार क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

    यसअघि सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो । सातदोबाटोका लागि सुदीप गुरुङले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको २९औँ मिनेटमा गोल गर्नुभएको हो । 
     
    जीतसँगै सातदोबाटोले चार अङ्क जोडेको छ । थ्रीस्टारको तीन अङ्क छ । यसअघि पहिलो खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

    प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रबार - १७:१६:०९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology