Logo

सोमबार, माघ ३ गते २०७८

ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

कालीगण्डकी खबर

११, मंसिर २०७८
  • 1.6K
    SHARES
  • ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

    काठमाडौं, ११ मङ्सिर । रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका १० का ५३ वर्षीय गितानाथ खनाल र उहाँको १३ वर्षीय छोरा सुदिप खनाल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्दहीले बताएको छ ।

    प्रहरीका अनुसार शनिबार दिउँसो बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले उनीहरु सवार ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा उनीहरुको मृत्यु भएको हो ।

    प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ । 

    images

    प्रकाशित मिति :मंसिर ११, २०७८ शनिबार - १८:२२:५२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology