Logo

सोमबार, माघ ३ गते २०७८

१० सुसेलीहरू

१० सुसेलीहरू

कालीगण्डकी खबर

१२, मंसिर २०७८
  • 646
    SHARES
  • १० सुसेलीहरू

    कोसी उर्लियो
    डुब्छ कि बस्ती भनी
    मनै मैलियो !

    images

    बाढी पहिरो
    बग्दो रहेछ पानी
    जता गहिरो !

    गमलामा जौ
    जनताको भरोसा 
    प्रभु मात्र हौ !

    पानी पर्दै छ
    भाग्यले आफैँमाथी
    खेल गर्दै छ !

    जान्छु जता छौ
    यादहरू यतै छन् 
    माया कता छौ !

    बाढी पहिरो 
    जिन्दगीको घाउ भो
    झनै गहिरो ।

    साउने भेल 
    रोकिएन पहिरो
    दैवको खेल ।

    पुलको आस
    तुइनमै अल्झियो
    जिन्दगी नाश ।

    मुठ्ठी सास भो
    जिन्दगानी के भन्नु
    ज्यूँदो लास भो ।

    लाग्छ पछुतो 
    माछा जस्तो जिन्दगी 
    भाछ भ्यागुतो ।

    उत्तम विचार भेटुवाल ।

    प्रकाशित मिति :मंसिर १२, २०७८ आइतबार - ०८:४७:२२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology