Logo

सोमबार, माघ ३ गते २०७८

माओवादी पालिका अधिवेशन: चापाकोटको अध्यक्षमा रुकबिर विक निर्वाचित

माओवादी पालिका अधिवेशन: चापाकोटको अध्यक्षमा रुकबिर विक निर्वाचित

कालीगण्डकी खबर

१२, मंसिर २०७८
  • 1.4K
    SHARES
  • माओवादी पालिका अधिवेशन: चापाकोटको अध्यक्षमा रुकबिर विक  निर्वाचित

    स्याङ्जा, ११ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चापाकोट नगरपालिकाको अध्यक्षमा रुकविर विक निर्वाचित हुनुभएको छ ।

    शनिबार सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चापाकोट नगरकमिटिको प्रथम नगर अधिवेशनबाट विक निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

    त्यसैगरी उपाध्यक्षमा सुजेन्द्र सेन, कृष्ण पङ्गेनी र सुकुमाया नेपाली, सचिवमा विनोद खनाल, सहसचिवमा नेत्र कुमारी भट्टराई र कोषाध्यक्षमा नइन्द्र बहादुर खाँण निर्वाचित हुनुभएको छ ।

    अधिवेशनले ३५ सदस्य कमिटी निर्विरोध चयन गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चापाकोट नगरकमिटिका सचिव विनोद खनाल जानकारी दिनुभयो । 

    images

    प्रकाशित मिति :मंसिर १२, २०७८ आइतबार - ०९:२०:२९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology