Logo

सोमबार, माघ ३ गते २०७८

यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको पहिलो जीत

यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको पहिलो जीत

कालीगण्डकी खबर

१२, मंसिर २०७८
  • 460
    SHARES
  • यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको पहिलो जीत

    बैतडी, १२ मङ्सिर । वाई वाई उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जीत दर्ता गरेको छ । आज सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै पहिलो जीत दर्ता गरेको हो । 

    images

    कर्णालीले दिएको ६७ रनको लक्ष्य सुदूरपश्चिमले बिना विकेटको क्षतिमा १२।१ ओभरमा पुरा ग¥यो । सुदूरपश्चिमका  कप्तान खडकबहादुर बोहरा ४२ बलमा पाँच चौका र दुई छक्कासहित ४१ रनमा अविजित रहे । नरेश भट्ट ३१ बलमा ३ चौकासहित १६ रनमा अविजित रहे ।

    त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णाली १६।५ ओभरमा ६६ रनमा अल आउट भएको थियो । कर्णालीका प्रकाश जैसीले सर्वाधिक १५ रन बनाए । रुपक ढकाल ११ र रमेश बुढा १२ रनमा आउट भए । कर्णालीका चार खेलाडीले खाता नै खोल्न सकेनन् ।

    सुदूरपश्चिमका शेर मल्लले २।५ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए । नारायण जोशीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । नरेन्द्र साउँदको हातमा १ विकेट प¥यो । 

    यसअघि, सुदूरपश्चिम प्रदेशले वाग्मती र प्रदेश २ सँग समान २ विकेटले पराजित भएको थियो । सुदूरले अब मङ्गलबार टियुमा गण्डकीसँग खेल्नेछ । 

    प्रकाशित मिति :मंसिर १२, २०७८ आइतबार - १४:५८:१५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology