Logo

सोमबार, माघ ३ गते २०७८

काँग्रेस चितवनको अधिवेशन अन्योलमा

काँग्रेस चितवनको अधिवेशन अन्योलमा

कालीगण्डकी खबर

१५, मंसिर २०७८
  • 391
    SHARES
  • काँग्रेस चितवनको अधिवेशन अन्योलमा

    चितवन, १५ मङ्सिर । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन अन्योलमा परेको छ । 
    नेपाली काँग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो । 

    images

    काँग्रेस चितवनको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाउनुभएका पोख्रेलले निर्वाचन अधिकृतबाट राजीनामा दिएसँगै निर्वाचन कहिले हुने टुङ्गो लाग्न सकेको छैन ।   

    पोख्रेलले स्वास्थ्य अवस्था प्रतिकूल रहेको भन्दै केन्द्रिय निर्वाचन समितिलाई राजीनामापत्र बुझाउनुभएको छ ।

    काँग्रेसको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा पोख्रेलले राजिनामा दिएसँगै जिल्लाको अधिवेशनमा अन्योलता छाएको हो । 

    राजीनामा गर्नुअघि निर्वाचन समितिले आज मनोनयन दर्ता र १९ गते मतदान गर्न केन्द्रिय निर्वाचन समितिलाई सिफारिस गरेको थियो ।  

    कार्यतालिका अनुसार कामअघि बढ्नुपर्ने समयमा निर्वाचन अधिकृतको राजीनामाले अन्योल छाएको नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताउनुभयो । 

    एक विज्ञप्ति जारी गर्दै उहाँले अचानक निर्वाचन अधिकृत पोख्रेलको राजीनामा आउनुले अचम्मित् र गम्भीर बनाएको बताउनुभयो ।

    प्रकाशित मिति :मंसिर १५, २०७८ बुधबार - १४:५१:१४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology