काठमाडौँ, १७ मङ्सिर । गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ । जेजी क्रियशन युट्युब च्यानलमार्फत निर्माण गरिएको गीत आज सार्वजनिक गरिएको हो ।
प्रवासमा रहेर नेपाली गीत, सङ्गीतलाई माया गर्ने गीतकार ज्योति गुरुङले कोरेको शब्दमा सङ्गीतकार गङ्गाराज राईले लय हाल्नुभएको हो ।
गीतको भिडियोमा मोडल नम्रता सापकोटा, विकास लामिछाने र भोजराज शर्मालाई फिचरिङ गरिएको छ । निर्देशक सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा जया शर्माले रचनात्मकता थप्नुभएको छ ।
राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्शन गरेको भिडियोलाई उत्सव दाहालले छायाङ्कन गर्नुभएको हो भने राजकुमार श्रेष्ठले सम्पादन गर्नुभएको छ ।
गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रालगायतका गीत बजारमा आइसकेका छन् ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।