Logo

सोमबार, माघ ३ गते २०७८

अष्ट्रेलियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

अष्ट्रेलियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

एजेन्सी

२९, मंसिर २०७८
  • 433
    SHARES
  • अष्ट्रेलियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

    सिड्नी, २९ मङ्सिर । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । सार्वजनिक सम्पर्कमा रहेका बेला उहाँ यही मंगलबार सङ्क्रमित हुनुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    images

    प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँसँगै देशभरी झण्डै एक हजार नयाँ सङ्क्रमित थपिएका थिए ।

    प्रधानमन्त्री कोरिसनको कार्यालयले पनि उहाँलाई सङ्क्रमण भएको पुष्टि गरेको छ । कार्यालयले उहाँको सम्पर्कमा रहेकाहरुलाई पनि सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न पनि आह्वान गरेको छ ।सिड्नीलगायतका सहरहरुमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएकै बेला प्रधानमन्त्रीलाइ पनि सङ्क्रमण भएको हो ।  

    अष्ट्रेलियामा पछिल्लो एक दिनमा एक हजार ३६० जनामा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । अघिल्लो दिनभन्दा सङ्क्रमितको सङ्ख्या धेरै बढेको हो । अघिल्लो दिन ८०४ जना मात्रै नयाँ सङ्क्रमित थपिएका थिए । 

    प्रकाशित मिति :मंसिर २९, २०७८ बुधबार - १४:५१:१४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    एजेन्सी

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology