Logo

सोमबार, माघ ३ गते २०७८

'दिलको हरन'को साथमा पल शाह र नायिका स्वस्तिमा खड्का (भिडियो)

'दिलको हरन'को साथमा पल शाह र नायिका स्वस्तिमा खड्का (भिडियो)

कालीगण्डकी खबर

३, पुस २०७८
  • 460
    SHARES
  • 'दिलको हरन'को साथमा पल शाह र नायिका स्वस्तिमा खड्का (भिडियो)

    काठमाडौं, ३ पुस ।  प्रवासमा रहेर नेपाली संगीतमा आफ्नो भविष्य खोजिरहेका गायक हरि लिम्बु र लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको 'दिलको हरन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

    images

    संगीतकार शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेको यस गीतमा बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्द रहेको छ।  

    उदयराज पौडेलले यस गीतलाई संगीत संयोजन गर्नुभएको छ।  नायक  पल शाह र नायिका स्वस्तिमा खड्का बीचको अन्स्क्रिन रोमान्स म्युजिक भिडियो देख्न सकिन्छ।  

    नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई  सुबोल थापाले कोरियोग्राफी गर्नुभएको हो। दिन्सन शाहले सम्पादन गरेको भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो। गीतको भिडियो ए प्लस नामक युट्युव च्यानाल मार्फत भिडियो सार्वजनिक गरिएको छ। 

    (भिडियो हेर्नुहोस्)

    प्रकाशित मिति :पुस ३, २०७८ शनिबार - १४:२०:३८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology