Logo

सोमबार, माघ ३ गते २०७८

प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासलाई अघि बढाउँदैछ ः मुख्यमन्त्री नेपाली पोखरेल

प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासलाई अघि बढाउँदैछ ः मुख्यमन्त्री नेपाली पोखरेल

कालीगण्डकी खबर

२२, पुस २०७८
  • 229
    SHARES
  • प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासलाई अघि बढाउँदैछ ः मुख्यमन्त्री नेपाली पोखरेल

    लमजुङ, २२ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले खेलकुदको महत्वलाई बुझेर खेलकुद मन्त्रालय नै बनाएर यस क्षेत्रको विकासलाई अघि बढाइरहेको बताउनुभएको छ । 

    बुधबार लमजुङ बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा २९ औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रममा उहाँले प्रदेशलाई खेलकुदको ‘हब’ बनाउन चाहेको बताउनुभयो । 

    images

    प्रदेश सरकारले खेललाई अगाडि बढाउने सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको एउटा फुटबल रिसर्च सेन्टर बनाउनका लागि जग्गा लिएको र पोखरामा स्थापना गर्नका लागि फिफाबाट लगभग रु २० करोड विनियोजित भएर ठेक्कामा जान लागेको उहाँले जानकारी दिनुभयो । 

    आयोजक क्लबका अध्यक्ष विनोद गुरुङले बर्सेनि यसरी नै फुटबल प्रतियोगिता सञ्चालन गर्दै जिल्लामा लुकेर रहेका दक्ष खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै राष्ट्रियस्तरका खेलाडी बनाउने कार्य गर्दै आएको बताउनुभयो ।

    खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आए पनि गुणस्तरीय खेलकुद मैदान बनाउन आर्थिक समस्या भएकाले यसमा तीनवटै सरकारको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । 

    प्रकाशित मिति :पुस २२, २०७८ बिहीबार - ०९:०१:३८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology