Logo

सोमबार, माघ ३ गते २०७८

प्राविधिक शिक्षा आजको आवश्यकता हो: मुख्यमन्त्री भट्ट

प्राविधिक शिक्षा आजको आवश्यकता हो: मुख्यमन्त्री भट्ट

कालीगण्डकी खबर

२२, पुस २०७८
  • 199
    SHARES
  • प्राविधिक शिक्षा आजको आवश्यकता हो: मुख्यमन्त्री भट्ट

    डोटी, २२ पुस । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै विद्यालयमा अनिर्वायरूपमा प्राविधिक पढाइ हुनुपर्ने बताउनुभएको छ ।

    images

    जिल्लाको शिखर नगरपालिका–६ स्थित हरिहर माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा आज उहाँले अहिलेको आवश्यकता भनेको प्राविधिक शिक्षा भएकाले सबै विद्यालयमा अनिवार्य प्राविधिक विषय पढाइनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “आजको समाज प्रविधिमय भइसकेको छ, डिग्री गरेका युवा बेरोजगार छन् । रोजगारीमूलक प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्छ, अब बालबालिकालाई विद्यालयमै प्राविधिक शिक्षा दिनुपर्छ ।”

    प्राविधिक शिक्षाको थालनी गर्ने विद्यालयलाई प्रदेश सरकारले पूर्णरूपमा सहयोग गर्नेसमेत मुख्यमन्त्री भट्टले आश्वासन दिनुभयो । प्रदेश सरकार पनि प्राविधिक शिक्षा क्षेत्रमा लगानी गरिरहेकाले सबै क्षेत्रका विद्यालयमा अब प्राविधिक पढाइ हुनुपर्ने उहाँको भनाइ थियो ।

    प्राविधिक शिक्षा सञ्चालन नभएका कारण पनि शिक्षा क्षेत्रमा विकास हुन नसकेको मुख्यमन्त्री भट्टको जिकिर थियो । प्रदेश सरकारको कुल रु ४० लाखको आर्थिक सहयोगमा निर्मित उक्त विद्यालयको दुईतले भवनको समेत मुख्यमन्त्री भट्टले आजै उद्घाटन गर्नुभएको थियो ।

    प्रकाशित मिति :पुस २२, २०७८ बिहीबार - १९:४५:४६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology