Logo

सोमबार, माघ ३ गते २०७८

सुदूरपश्चिममा दोब्बरले बढे सङ्क्रमित

सुदूरपश्चिममा दोब्बरले बढे सङ्क्रमित

कालीगण्डकी खबर

२२, पुस २०७८
  • 256
    SHARES
  • सुदूरपश्चिममा दोब्बरले बढे सङ्क्रमित

    बैतडी, २२ पुस । सुदूरपश्चिम प्रदेशमा दोब्बरले कोरोना भाइरस सङ्क्रमण देखिएको छ । बिहीबार एकैदिन १२० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    यसअघि बुधबार ५५ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३६८ को नमूना परीक्षण गर्दा १२० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

    images

    पीसीआरमार्फत १२ र एन्टिजेनमार्फत १०८ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत महाकाली अस्पतालमा १० र सेती प्रादेशिक अस्पतालमा दुई र एन्टिजेनमार्फत कञ्चनपुरका ६०, कैलालीका ४७ र बैतडीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

    गएको २४ घण्टामा प्रदेशभर छ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । 

    यसअघि बुधबार यस प्रदेशमा ५५ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच निको भएका थिए ।  सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।

    प्रकाशित मिति :पुस २२, २०७८ बिहीबार - १९:४८:०४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology