Logo

सोमबार, माघ ३ गते २०७८

भाषा र संस्कृतिको संरक्षणका लागि छिट्टै प्रज्ञा प्रतिष्ठान गठन गर्छौँ: मुख्यमन्त्री राउत

भाषा र संस्कृतिको संरक्षणका लागि छिट्टै प्रज्ञा प्रतिष्ठान गठन गर्छौँ: मुख्यमन्त्री राउत

कालीगण्डकी खबर

२५, पुस २०७८
  • 214
    SHARES
  • भाषा र संस्कृतिको संरक्षणका लागि छिट्टै प्रज्ञा प्रतिष्ठान गठन गर्छौँ: मुख्यमन्त्री राउत

    जनकपुर, २५ पुस । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भाषा र संस्कृतिको संरक्षणका लागि प्रदेशमा छिट्टै प्रज्ञा–प्रतिष्ठान गर्ने गठन बताउनुभएको छ । 

    विश्व हिन्दी दिवस २०२२ को अवसर पारेर भारतीय महावाणिज्य दूतावास वीरगञ्ज नेपालद्वारा आज जनकपुरमा आयोजित नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा हिन्दीको योगदान विषय गोष्ठीमा मुख्यमन्त्री राउतले भन्नुभयो, “हरेक भाषा र संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ, सबै भाषा र संस्कृतिको संरक्षण संवद्र्धनका लागि छिट्टै प्रज्ञा–प्रतिष्ठान गठन गर्नेछौँ ।” ऐन बनाएर त्यो सम्भव नभएकाले निर्देशिकामार्फत छिट्टै प्रज्ञा–प्रतिष्ठान गठन गरिने मुख्यमन्त्री राउतको भनाइ थियो । 

    images

    सडक, पुल लगायत अन्य पूर्वाधार निर्माण गर्नु झैँ भाषा र संस्कृतिको संरक्षण गर्नु पनि विकासकै पाटो भएकाले प्रदेश सरकार संस्थागत निर्णय गरेरै भाषा र संस्कृतिको संरक्षण गर्ने मुख्यमन्त्री राउतले बताउनुभयो ।

    पूर्व र पश्चिमलाई जोड्ने भाषा हिन्दी भएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धलाई जोड्ने काम हिन्दी भाषाले गरेको बताउनुभयो । “नेपालबाट नेपालीहरू भारत जाँदा त्यहाँ हिन्दीमै कुरा गर्छन्,” मुख्यमन्त्री राउतले भन्नुभयो, “तराई मधेस होस् वा हिमाल पहाड सबैले मनोरञ्जनका लागि हिन्दीकै फिल्म हेर्छ, गीत सन्छन् र सिरियलहरु हेर्ने गर्छन् ।” त्यसैले हामीसँग हिन्दी भाषासँग जोडिएका छौँ उहाँको कथन थियो । 

    नेपाल र भारतबीच सदिऔँदेखि सम्बन्ध रहेकाले यसलाई कुनै पर्खाल लगाएर र रेखा तान्ने सम्बन्ध भत्काउन नसकिने दाबी गर्नुहुँदै मुख्यमन्त्री राउतले नेपालको हरेक राजनीतिक परिवर्तनमा मात्र होइन, सांस्कृतिक, धार्मिक र आर्थिक रुपमा पनि भारतको भूमिका रहेको चर्चा गर्नुभयो । 

    कार्यक्रममा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले नेपालमा नयाँ शिक्षा विधान बनाएर हिन्दू भाषालाई बहिष्कृत गरिएको बताउनुभयो । हिन्दी भाषाले नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउनुहुँदै उहाँले हिन्दी भाषाको विषयमा नेपालमा अनावश्यक विवाद सृजना गर्ने काम भएको जिकिर गर्नुभयो । 

    भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत नितेश कुमारले विश्वमा सबैभन्दा बढी बोलिने भाषा हिन्दी रहेको भन्दै हिन्दी भाषालाई अन्तर्राष्ट्रिय भाषाका रूपमा विकास गर्न प्रत्येक वर्ष झैँ यस वर्ष पनि हिन्दी दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएकोे बताउनुभयो । भाषा, देश र समाजलाई जोड्ने महत्वपूर्ण माध्यम भएकाले भाषा र संस्कृतिको संरक्षणका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । 

    सो कार्यक्रममा वरिष्ठ साहित्यकार रामभरोस कापडी ९भ्रमर०, डा पशुपतिनाथ झाले हिन्दी भाषाले नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने कार्य गरेको भन्दै यसको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । 

    कार्यक्रममा साहित्यकारहरू डा रेवतीरमण लाभ, हिमांशु चौधरी, अयोध्यानाथ चौधरी, विजय दत्त (मणि), प्रेम देव (ललन), मधुकर लाभ र चन्द्रशेखर राय (चमन) लगायतले हिन्दी भाषाको संरक्षण विषयमा आ–आफ्नो कविता वाचन गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहले विभिन्न स्रष्टाहरूलाई दोसल्ला ओढाएर सम्मान गर्र्नुभयो ।   

    प्रकाशित मिति :पुस २५, २०७८ आइतबार - १९:५३:१४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology