Logo

सोमबार, माघ ३ गते २०७८

दोस्रो ऋषिङ अल्ट्रा म्याराथन

दोस्रो ऋषिङ अल्ट्रा म्याराथन

कालीगण्डकी खबर

२७, पुस २०७८
  • 196
    SHARES
  • दोस्रो ऋषिङ अल्ट्रा म्याराथन

    तनहुँ, २७ पुस । तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ  अल्ट्रा म्याराथन प्रतियोगिताको तत्कालीन संविधान सभासदस्य झुलबहादुर आलेले आज शुभारम्भ गर्नुभयो । म्याराथनको दूरी ४२ दशमलव ५ किलोमिटर छ । 

    म्याराथन प्रतियोगितामा ५३ जनाले भाग लिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । खुल्ला म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ६५ हजार, ४० हजार, २५ हजार र १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    यस्तै, स्थानीय म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार र दुई हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइनेछ । 

    त्यसरी नै महिला सर्ट म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु १० हजार, आठ हजार, पाँच हजार र दुई हजार उपलब्ध गराइने गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापाले बताउनुभयो । 

    प्रकाशित मिति :पुस २७, २०७८ मंगलबार - १२:१३:०१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology