Logo

सोमबार, माघ ३ गते २०७८

पृथ्वीनारायण बारेका विभिन्न स्रष्टाका झरहरु

पृथ्वीनारायण बारेका विभिन्न स्रष्टाका झरहरु

कालीगण्डकी खबर

२७, पुस २०७८
  • 433
    SHARES
  • पृथ्वीनारायण बारेका विभिन्न स्रष्टाका झरहरु

    राष्ट्र निर्माता पृथ्वीनारायण शाह र नेपाल एकीकरणको बारेमा विभिन्न झर स्रष्टाहरुले लेख्नुभएका ५(५ झरहरु । सम्पूर्ण सहभागी झर यात्रीहरूप्रति हार्दिक बधाई एवम् सम्मान व्यक्त गर्दछौँ।

    images

    पाँच झर 

    कल्पनाले रचेको व्यथा होईन 
    राष्ट्र निर्माण लेखकको कथा होईन ।


    एउटा राज्य माथि हमला गरी जित्ने कार्य थियो 
    विवादरहित हुन सकेन होला एउटा युद्ध थियो । 


    देवीदेवता समेत युद्धमा सहभागी हुन्थे
    एउटा पक्ष लिएर अर्कोलाई दबाइरहेका हुन्थे । 


    कसैले केही दिएमा कृतज्ञ हुनुपर्छ 
    उल्टै गाली गर्ने कृतघ्न रुनुपर्छ । 


    शत्रुले गरे पनि राम्रो कार्य प्रसंशा गर्नुपर्छ
    बङ्ग्याउनुहुन्न सत्य सबै एकदिन मर्नुपर्छ ।
    शिव खनाल जीवम
    स्याङ्जा, हाल रुपन्देही । 

    पाँच झर 

    एकताको सूत्र,
    सत्य मेलमिलाप !


    जननीको खुसी,
    महान पात्र पृथ्वी !


    शान्ति सहकार्य,
    सद्भाव अनिवार्य !


    आमाको चाहाना,
    अखण्ड जन्मभूमि !


    पूर्वमा बिहानी,
    एक एक एघार !
    आर्त अकुलीन
    कैलाली

    पाँच झर

    जन्मभूमिको चाहाना
    माहुरीको मेलमिलाप ।


    नक्सामा देश
    परदेशी भए जनता । 


    विखण्डित राष्ट्र
    आर्थिक सङ्कटको खाडल । 


    राष्ट्रिय एकता दिवस
    मनमा मेलमिलापको भाव । 


    पृथ्वीनारायण शाहको देन
    सिङ्गो राष्ट्र एक । 
    सविता के.सी.,
    काठमाडौँ 

    पाँच झर

    फूलको माला
    एकताको प्रतीक।


    विखण्डित भावना
    हिमाल पहाड तराई।


    छिमेकीको दाउ
    नक्सा चिप्लाउ।


    नाम देशको
    काम विदेशको।


    अजर अमर
    पृथ्वी महिमा।

    रोशन पराजुली 
    धरान

    पाँच झर 

    टुक्रा टुक्रा राज्यहरू मिलाएर एउटै पारेको
    तर किन जनताले उनलाई माया मारेको ।


    युद्ध गरे लडाइँ गरे देशलाई ठूलो बनाए
    त्यो बेलामा गोर्खालीले ठूलो उत्सव  मनाए ।


    बाइसे र चौबीसे राज्यहरू परे शरण 
    पृथ्वीनारायण शाहले गरिदिए एकीकरण ।


    उन्ले गर्दा हामी अहिले नेपाल भन्न पाउँँछौ 
    मेचीदेखि महाकालीसम्म मायाँ लाउँछौ ।


    आज पृथ्वीजयन्ती खुशी साथ मनाऊँ
    एकताको सूत्रमा हामी पनि रमाऊँ ।
    गुणनिधि घिमिरे  
    पाँचथर

    पाँच झर 


    अनेकतामा एकता, विशाल नेपालका निर्माता,
    सम्मानका सारथी पृथ्वी तर आज कता कता । 


    विशाल नेपालको चाह, देखाएर त्याग र बलिदान, 
    राष्ट्र निर्माता प्रति हार्दिक श्रद्धासुमन अर्पण । 


    बाइसे थिए, चौबिसे थिए, भए एकै विशाल देश,
    राजा त धेरै थिए, भए तिमी रह्यौं एक विशेष । 


    सपना गोरखामा देखे, सुरु गरे अभियान,
    विशाल एकीकृत नेपाल बन्यो एक महान । 


    श्रद्धा, सम्मान उनैप्रति सम्झना आजको दिन,
    इतिहास जीवित रहनु पर्छ इतिहासलाई सम्झन ।
    केशव न्यौपाने 
    नुवाकोट

    पाँच झर

    आज राष्ट्रिय एकता दिवस
    अहिले  संझनामा भयौ विवस।


    सङ्घियताले देश उदाङ्गो
    पृथ्वीको देन अब कता गो


    राष्ट्रिय एकताका प्रतीक मानेका पृथ्वी
    अहिले नाम निसाना मेटाउदै छन् यी


    व्यक्तिगत स्वार्थमा देश विकाश हुदैन
    अहिले माटोको माया गर्ने त पाइँदैन ।


    हे पृथ्वी नारायण तिमी फेरि यहीँ जन्मेर आऊ
    यो देशको दुखेको घाउ तिमीले मल्हम लगाऊ ।

    मधुसूदन घिमिरे
                 
    ५ झर

    पृथ्वीनारायण जयन्ती आज खास
    चार जात छत्तीस वर्णको राज !


    ऐतिहासिक धरोहर
    शाहवंशीय मनोरम !


    नेपाल राष्ट्रिय विजयी गान
    स्वाधीनता मा एककृत गोठालो नाम !


    हिजोको एकता आज अनेकता
    एकअर्काको खिलाप भेटिन्न एकता !


    छरिएका चेलाहरू मोतीमाला चुँडिएर
    वीताको छाप देखाए पृथ्वी शाहले गुँथेर (उनेर)
    जमुना कायस्थ 
    पोखरा 

    पाँच झर 

    टुक्रा टुक्रा देशको
    एउटै ढीक्का बनाउने धोको


    आँखाले देखेको सपना,
    पूरा गर्न जिउ ज्यानको बाजी 


    एउटै साझा भन्छौ फूलबारी 
    अहिले कोही वारि कोही पारि


    पृथ्वीनारायणको जयन्ती मनाउँछन् 
    देशका जनतालाई नै विदेशी बनाउँछन् । 


    दुःखले आर्जेको देश
    डर लाग्छ पछि रहदैन कि अवशेष !
    सुमित्रा  पोखरेल

    पाँच झर

    एकताको मालामा बाँधिनु पर्छ ,
    पृथ्वीनारायणको देन भनी मानिनु पर्छ ।


    जनतालाई वर्गीकरण गरे,
    सुन्दर फूलबारीको संरचना गरे ।


    भ्रष्टाचारले देशलाई खान्छ 
    उतिबेलाको उक्ती याद आउछ ।


    देशको ठुला शत्रु ,
    अनेकातामा एकताको मित्रु।


    पृथ्वीनारायण एक साहशि राजा थिए।
    लोककै एक सच्चा मालिक साझा  थिए।
    सोमनाथ लुइटेल 'रवि पाल्पाली'

    पाँच झर 


    गोर्खाली भै जन्मिएर  नाम अमर राखे,
    पृथ्वीको वीरतालाई  विश्वले नै चाखे ।


    आजसम्म  रहेको छ  जिउँदो ईतिहास 
    विश्वसामु परिचित  नेपाल यो  खास ।


    टिष्टा अनि काँगडामा  पुगेकाथ्यौँ हामी 
    पृथिवीका सन्तान हौँ सधैँभरि नामी ।


    इतिहास बिर्सिएमा   देशले के भन्लारु
    मातृभूमि  फुटाउने  देशद्रोही बन्ला ।


    एकताको गीत गाऊँ  वीरताको गाथा 
    हामी हेर्दै मुस्कुराओस् सधैँ सगरमाथा ।

    चन्द्रावती अधिकारी 
    कोहलपुर बाँके

    पाँच झर 

    घरेलु अस्त्र खुकुरी, तरबार
    मोटा जनता बलियो दरबार


    घुस लिनेदिने देशका शत्रु
    दूरदर्शी पृथ्वी मान्दथे पत्रु


    फाँडौँ न बाँझो काँडाको घारी
    पृथ्वीको नासो यो फूलबारी 


    ओढेर गाँसौँ मायाको नाता
    पृथ्वीको नासो एकताको छाता


    नाचगान गरौँ बजाई बाजा
    दिलैमा हाम्रा पृथिवी राजा
    भरत सिग्देल

    पाँच झर 

    पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेका हुन्
    बाल्यकाल देखि नै देश बनाउन लागि परेका हुन्


    पृथ्वीनारायण नारायणलाई राष्ट्र निर्माता भनिन्छ
    यसैले पौष सत्ताईसलाई एकता दिवसका पिता भनिन्छ 


    पृथ्वीनारायण वीर थिए
    जहिले पनि उनी धरी थिए


    पहिले उनी गोरखाका राजा थिए
    नेपालीका निम्ति साझा थिए


    उनैलाई नै सम्झेर देश रुदै छ
    सीमाका नाकामा आँसुले धुदै छ
    तोयानाथ सुवेदी

    प्रकाशित मिति :पुस २७, २०७८ मंगलबार - २०:५०:४७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology