Logo

सोमबार, माघ ३ गते २०७८

सामुदायिक वनका समस्या समाधान गर्न तयार छौँ: मुख्यमन्त्री पोखरेल

सामुदायिक वनका समस्या समाधान गर्न तयार छौँ: मुख्यमन्त्री पोखरेल

कालीगण्डकी खबर

२८, पुस २०७८
  • 145
    SHARES
  • सामुदायिक वनका समस्या समाधान गर्न तयार छौँ: मुख्यमन्त्री पोखरेल

    नवलपुर, २८ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । 

    images

    नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को देवचुली नगरपालिका–१७ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहले मङ्गलबार आयोजना गरेको रजत जयन्ती कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आगामी दिनमा सामुदायिक वनका समस्यालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनुभयो ।

    “सामुदायिक वनमा विभिन्न खालका समस्या छन्”, उहाँले भन्नुभयो, “ती समस्या समाधानका लागि प्रदेश सरकारले विशेष पहल र बजेटको व्यवस्था गर्छ ।” प्रदेशका सामुदायिक वनका समस्या समाधानमा आफू अग्रसर रहने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

    स्तन क्यान्सर भएका महिलाको उपचार खर्च सरकारले बेहोर्ने, कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार दिने, अभिभावक गुमाएका बालबालिकालाई प्रतिमहिना रु पाँच हजार पढाइ खर्च दिने, बेसहारालाई मानवसेवा आश्रममा राख्नेलगायत कार्यक्रम प्रदेश सरकारले अघि बढाएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।  

    प्रकाशित मिति :पुस २८, २०७८ बुधबार - ०७:२०:५९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology