Logo

सोमबार, माघ ३ गते २०७८

स्याङ्जामा बस दुर्घटना हुँदा ५ घाइते, दुईको अवस्था चिन्ताजनक

स्याङ्जामा बस दुर्घटना हुँदा ५ घाइते, दुईको अवस्था चिन्ताजनक

कालीगण्डकी खबर

२८, पुस २०७८
  • 9.8K
    SHARES
  • स्याङ्जामा बस दुर्घटना हुँदा ५ घाइते, दुईको अवस्था चिन्ताजनक

    स्याङ्जा, २८ पुस । स्याङ्जाको भिरकोट नगरपालिका २ सपौदेमा आज दिउँसो २:३० बजे बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
     
    सिद्धार्थ राजमार्गमा बुटवलबाट आउँदै गरेको ना ५ ख ३८१४ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको ग १ ख ९३७४ नम्बरको बसले भिरकोट नगरपालिका २ सपौदेमा पछाडिबाट ठक्कर दिँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    घाइते हुनेमा  ग १ ख ९३७४ नम्बरको बस चालक पुतलीबजार नगरपालिका ११ मायाटारी बस्ने २८ वर्षीय शेर बहादुर सार्की, बसमा सवार अर्जुनचौपारी गाउँपालिका वडा नखुलेको  रेशम लाल काफ्ले, काठमाडौं बस्ने २५ वर्षीय अच्युत कार्की, कास्की पोखरा महानगरपालिका का २९ वर्षीय सुमन वोहरा र भीरकोट नगरपालिका ८ धापुक बस्ने ६३ वर्षीय मोतीसाद रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

    प्रहरीका अनुसार घाईतमध्ये शेर बहादुर सार्की, रेशमलाल काफ्ले र अच्युत कार्कीलाई थप उपचारको लागि पोखरा रिपर गरिएको छ भने बाँकीको स्थानीय आले मेडिकल बयरघारीमा उपचार भइरहेको छ । 

    प्रहरीले दुवै सवारीसाधन र ना ५ ख  ३८१४ नम्बरको बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images



    यो पनि पढ्नुहोस् :- २५ जनाभन्दा बढी भेला नहुन स्याङ्जा प्रशासनको आग्रह

    प्रकाशित मिति :पुस २८, २०७८ बुधबार - १७:०२:५९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology