Logo

सोमबार, माघ ३ गते २०७८

वालिङमा चक्कु प्रहारबाट १६ महिनाको बालकको मृत्यु, ५ वर्षीय बालिका घाइते

वालिङमा चक्कु प्रहारबाट १६ महिनाको बालकको मृत्यु, ५ वर्षीय बालिका घाइते

कालीगण्डकी खबर

२८, पुस २०७८
  • 45.3K
    SHARES
  • वालिङमा चक्कु प्रहारबाट १६ महिनाको बालकको मृत्यु, ५ वर्षीय बालिका घाइते

    स्याङ्जा, २८ पुस । स्याङ्जाको वालिङ नगरपालिकामा आज दिउँसो १:२० बजे चुक्क प्रहार हुँदा १६ महिनाको बालकको मृत्यु भएको छ भने ५ वर्षीय बालिका घाईते भएकी छिन् ।

    images

    मृत्यु हुनेमा वालिङ नगरपालिका १२ सिर्सीकोट १२ घर भई हाल वालिङ नगरपालिका १० भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साईमन गुरुङ  रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

    प्रवक्ता अधिकारीका अनुसार घाटीमा चक्कु प्रहार पश्चात तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा बालकको १:४५ बजे डाक्टरले मृत घोषणा गरेको हो । 

    त्यसै गरी सोही ठाउँ बस्ने मृतकको दिदी ५ वर्षीय साईना गुरुङको घाटी (अगाडि), बायाँ हातको बुढी औलामा चोट लागेको र उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ उपचार भइरहेको प्रहरी बताएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ ।

    प्रहरीले घटनामा संलग्न पर्वत, पैयु गाउँपालिका ५ घर भई हाल वालिङ नगरपालिका १० भकुण्डेमा डेरा गरी बस्ने जितेन्द्र गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    यो पनि पढ्नुहोस् :-  स्याङ्जामा बस दुर्घटना हुँदा ५ घाइते, दुईको अवस्था चिन्ताजनक

    प्रकाशित मिति :पुस २८, २०७८ बुधबार - १७:१८:१९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology