Logo

सोमबार, माघ ३ गते २०७८

कोरोना संक्रमण २७ प्रतिशतले बढ्यो,उपत्यकामा मात्रै १५ सय नाध्यो

कोरोना संक्रमण २७ प्रतिशतले बढ्यो,उपत्यकामा मात्रै १५ सय नाध्यो

पत्रपत्रिकाबाट

२९, पुस २०७८
  • 208
    SHARES
  • कोरोना संक्रमण २७ प्रतिशतले बढ्यो,उपत्यकामा मात्रै १५ सय नाध्यो

    काठमाडौं, २९ पुस। कोरोना संक्रमितको संख्या पछिल्लो समयमा २७ प्रतिशतले बढेको छ । बितेको २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसको करिब ७ प्रतिशत मात्र संक्रमणमुक्त भएका छन् । काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या १ हजार २ सय नाघेको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता संगीता कौशल मिश्राले कारोना संक्रमितको दर ह्वात्तै बढेर २७ प्रतिशतसम्म पुगेको जानकारी दिनुभयो । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    नियमित प्रेस ब्रिफिङको क्रममा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये काठमाडौंमा १ हजार १ सय २८, भक्तपुरमा १ सय ३४ र ललितपुरमा २ सय ३६ जना थपिएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० रहेको छा । त्यस्तै, संस्थागत आइसोलेसनमा ८ सय ८० र होम आइसोलेसनमा १० हजार ८ सय १० जना छन् ।

    मन्त्रालयका अनुसार आइसीयूमा ८७ जना, भेन्टिलेटरमा २२ जना संक्रमति उपचारत् छन् । कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तीनैवटा जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउन जारी गर्दा पनि भीडभाड कम हुन सकेको छैन । त्यसले गर्दा उपत्यकामा संक्रमितको संख्या बढ्न थालेको अनुमान छ ।

    प्रकाशित मिति :पुस २९, २०७८ बिहीबार - ०८:०६:४८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology