Logo

सोमबार, माघ ३ गते २०७८

बेवास्ता गर्दा ह्वात्तै फैलियो कोरोनाः विज्ञ

बेवास्ता गर्दा ह्वात्तै फैलियो कोरोनाः विज्ञ

पत्रपत्रिकाबाट

२९, पुस २०७८
  • 211
    SHARES
  • बेवास्ता गर्दा ह्वात्तै फैलियो कोरोनाः विज्ञ

    काठमाडौं, २९ पुस । नेपालमा कोरोना संक्रमणदर वृद्धि भई २३.६ प्रतिशत पुगेको छ। अघिल्लो दिनको तुलनामा बुधबार ७।३ प्रतिशतले संक्रमणदर बढेको छ।

    images

    पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ९ हजार ५१ र एन्टिजेन विधिबाट ३ हजार ९८५ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ जना संक्रमित भएको पाइएको छ।

    थपसहित नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० पुगेको छ। जसमध्ये १० हजार ८ सय १० जना होम आइसोलेसनमा, ८ सय ८० जना संस्थागत आइसोलेसन र ८७ जना आइसियुमा छन्। यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेख्नुभएको छ ।

    आइसियुमा उपचार भइरहेका मध्येमा ३३ जना भेन्टिलेटरमा छन्। पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा बुधबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ९ पुगेको छ।

    नेपालमा कोरोना संक्रमण तेस्रो लहरतिर उन्मुख भएको विज्ञले औंल्याएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको पे्रस ब्रिफिङमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्यविद् डा. जनक कोइरालाले यस्तो संकेत गर्नुभएको हो।

    दोस्रो लहरपछि अत्यन्त कम संख्यामा संक्रमित देखिएको अवस्थामा केही दिनयता संक्रमणदर बढ्दै गएको छ। यसलाई आधार मानेर जनस्वास्थ्यविद्ले तेस्रो लहर फैलिन सक्ने बताउनुभएको हो ।

    जनस्वास्थ्यविद् कोइरालाले भन्नुभयो, ‘छोटो अवधिमा धेरै मानिस संक्रमित हुनु भनेको तेस्रो लहरको संकेत हो, तेस्रो लहर हो कि होइन भन्ने प्रस्ट हुन केही दिन पर्खिनुपर्छ।’ तर जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नसके संक्रमणदर घटाउँदै नियन्त्रणमा ल्याउन सकिने उहाँले बताउनुभयो।

    स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरिए अहिलेको संक्रमणदर कम गर्न र जोखिमबाट बच्न सकिने उहाँले बताउनुभयो। उनले संक्रमणको जोखिमबाट जोगिन घरबाहिर जाँदा अनिवार्य मास्क लगाउन, खोक्दा र हाच्छ्युँ गर्दा रुमाल या कुहिनाले मुख छोप्न, भिडभाडमा नजान, कसैलाई भेट्दा दुई मिटर भौतिक दूरी कायम गर्न, गुम्म परेको कोठामा धेरैजना नबस्न, साबुनपानीले पटकपटक हात धुन, खोप लिन सुझाउनुभयो।

    प्रकाशित मिति :पुस २९, २०७८ बिहीबार - ०८:२५:३७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology