Logo

सोमबार, माघ ३ गते २०७८

सभापति देउवाद्वारा शाहीको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा शाहीको निधनप्रति दुःख व्यक्त

कालीगण्डकी खबर

२९, पुस २०७८
  • 280
    SHARES
  • सभापति देउवाद्वारा शाहीको निधनप्रति दुःख व्यक्त

    काठमाडौँ, २९ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस दैलेखका महाधिवेशन प्रतिनिधि एवं काँग्रेस दैलेखका पूर्वउपसभापति कर्णबहादुर शाहीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

    नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले शाहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको बताउनुभएको हो । 

    images

    सभापति देउवाले शाहीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति आफ्नो र पार्टीका तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ । 

    विसं २००५ जेठ १५ मा जन्मनुभएका शाहीको आज नारायण नगरपालिका–१ स्थित आफ्नै निवासमा निधन भएको हो । 

    काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका स्व शाही विसं २०४९ र २०५४ को स्थानीय तहको निर्वाचनमा साविक बासी गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

    शाहीको निधनबाट काँग्रेसले एक अग्रज व्यक्ति गुमाएको बताएको छ । उहाँका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । 

    प्रकाशित मिति :पुस २९, २०७८ बिहीबार - १९:३४:५७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology