Logo

सोमबार, माघ ३ गते २०७८

टाइगर कप भलिबल: डिफेन्डिङ च्याम्पियन गण्डकी प्रतियोगिताबाट बाहिरियो

टाइगर कप भलिबल: डिफेन्डिङ च्याम्पियन गण्डकी प्रतियोगिताबाट बाहिरियो

कालीगण्डकी खबर

२९, पुस २०७८
  • 295
    SHARES
  • टाइगर कप भलिबल: डिफेन्डिङ च्याम्पियन गण्डकी प्रतियोगिताबाट बाहिरियो

    कास्की, २९ पुस । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा जारी ‘टाइगर कप आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’अन्तर्गत आजको खेलमा पुरुषतर्फ साविक विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । 

    images

    पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा यही पुस २६ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत विभागीय टोली नेपाल आर्मीले डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जीत निकालेको हो ।

    गण्डकीलाई पराजित गरेसँगै आर्मीको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । आर्मीले पहिलो सेट २५–१५ अङ्कले जित्दा दोस्रो सेट भने २०–२५ ले गुमाएको थियो । तेस्रो सेट २५–१५ अङ्कले आफ्नो पक्षमा पारेकामा प्र्रतिस्पर्धात्मक बनेको चौथो सेटमा आर्मीले २६–२४ अङ्कको जीत निकाल्न सफल बन्यो । 

    यसैगरी पुरुषतर्फको अर्को खेलमा हेल्प नेपाल स्पोर्टस् क्लबले विभागीय नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रालाई थप बलियो बनाएको छ ।  हेल्प नेपालले एपिएफ क्लबलाई २३–२५, २५–२०, २५–१५ र २५–१९ अङ्कले खेल आफ्नो पक्षमा पार्न सफल भयो । जीतसँगै हेल्प नेपालको तीन खेलबाट सात अङ्क पुगेको छ । प्रतियोगितामा एपिएफको लगातर चौथो पराजय हो ।

    यता महिलातर्फको एक खेल भने खेल जारी रहँदै अँध्यारो भएपछि स्थगित गरिएको छ । न्यू डायमण्ड र विभागीय टोलीबीचको खेलमा न्यू डायमण्ड २–१ सेटले अगाडि रहेको अवस्थामा खेल अवरुद्ध बनेको प्राविधिक संयोजक तहलसिंह मगरले बताउनुभयो ।

    यस्तै महिलातर्फको एक अर्को खेलमा भने आयोजक टाइगर ग्रुप विभागीय टोली नेपाल आर्मीसँग ३–१ सेटले पराजित भएको छ । आगामी माघ १ गतेसम्म ‘राउण्ड रोविन लिग’का आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ ।

    प्रतियोगिताको उपाधि विजेता महिला÷पुरुष टोलीले समान रु तीन÷तीन लाख, उपविजेता महिला÷पुरुष टिमलाई समान रु एक लाख ५० हजार, तृतीय हुने महिला÷पुरुष टिमलाई समान नगद रु ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    यसैगरी महिला तथा पुरुषतर्फ उत्ृकष्ट एक÷एक खेलाडीलाई समान रु २५÷२५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु १०÷१० हजारसहित र ट्रफीद्वारा सम्मान गरिने टाइगर ग्रुप पोखराका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :पुस २९, २०७८ बिहीबार - २१:१८:०२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology