Logo

सोमबार, माघ ३ गते २०७८

एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै

एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै

कालीगण्डकी खबर

३०, पुस २०७८
  • 124
    SHARES
  • एमाले उदयपुरले एक करोडको कोष स्थापना गर्दै

    उदयपुर, ३० पुस । नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ ।

    images

    नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भइपरि आउने आर्थिक सङ्कट धान्न र पार्टीले सहयोग गर्नका लागि उक्त कोष स्थापना गरिने बताउनुभयो । 

    कोषका लागि जिल्लाका प्रत्येक सदस्य र अन्य दाताबाट समेत सङ्कलन गरिने जनाइएको छ ।

    माघ मसान्तभित्र नै यो अभियान सञ्चालन गरिने अध्यक्ष घिमीरेले बताउनुभयो । पार्टीलाई सुदृढ बनाउन पनि सो अभियान सुरु गर्न लागेको एमालेले जनाएको छ । 

    विसं २०७९ भित्र जिल्लामा पार्टीको साधारण सदस्यको सङ्ख्या ३० हजार पु्र्याइने र जिल्लामा एक घर एक सदस्य अभियान अगाडि बढाइएको उहाँले बताउनुभयो ।

    प्रकाशित मिति :पुस ३०, २०७८ शुक्रबार - ०८:३८:१७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology