Logo

सोमबार, माघ ३ गते २०७८

गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म

गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म

कालीगण्डकी खबर

३०, पुस २०७८
  • 166
    SHARES
  • गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म
    फाइल फोटो

    मार्तडी, ३० पुस । बडीमालिका नगरपालिकाले दसौँ नगरसभाबाट पाँचवटा गौरवका योजना अघि सारेको छ ।

    बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुढाकोर्ध फूल चढाउने केबुलकार आयोजना, बूढीगङ्गा नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना, नगरस्तरीय खेलकुद पूर्वाधार विकास आयोजना सञ्चालन गर्ने उपप्रमुख कविता विष्टले बताउनुभयो । 

    images

    यसैगरी बडीमालिका पर्यटन विकास आयोजना, मार्तडी नमूना सहर विकास आयोजना र बडीमालिका औद्योगिक क्षेत्र विकास परियोजना नगरसभाले पारित गरेकोे उहाँले जानकारी दिनुभयो । 

    आयतर्फ विभिन्न शिर्षकमा कूल चार करोड ५५ लाख ६० हजार ७८२ आम्दानी गर्ने लक्ष्य रहेकामा  हालसम्म रू २३ करोड ९२ लाख ८३ हजार २७६ आम्दानी भएको बताइएको थियो । 

    नगरपालिकाको चालुतर्फको कूल रू ३० करोड ८८ लाख ७७  हजार ८२ बजेटमध्ये रू आठ करोड २६ लाख १९ हजार ७९५ खर्च भएको र  पूँजीगततर्फ रू १७ करोड ६७ लाख ३० हजारमध्ये एक करोड २९ लाख ६ हजार ३८  खर्च भएको जानकारी दिइयो ।

    विभिन्न कार्यविधि पारित गरेको नगरसभाले  नेरा मावि जडाङ्गालाई कक्षा ११ सञ्चालन अनुमति प्रदान गर्ने निर्णय गरिएको, सडक, शिक्षा, स्वास्थ्य, स्वरोजागरी र सूचना प्रविधि वडा नं ५ बाहेक सबै वडा केन्द्रसम्म सडक पुर्याउन सफल भएकोे उपप्रमुख  विष्टले  जानकारी दिनुभयो । 

    प्रकाशित मिति :पुस ३०, २०७८ शुक्रबार - १४:५४:४६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology