Logo

सोमबार, माघ ३ गते २०७८

स्याङ्जामा नुहाउने क्रममा निसासिएर एकको मृत्यु

स्याङ्जामा नुहाउने क्रममा निसासिएर एकको मृत्यु

कालीगण्डकी खबर

३०, पुस २०७८
  • 14.9K
    SHARES
  • स्याङ्जामा नुहाउने क्रममा निसासिएर एकको मृत्यु

    स्याङ्जा, ३० पुस । स्याङ्जाको गल्याङ नगरपालिका ३ लल्याङमा नुहाउने क्रममा निसासिएर एक महिलाको मृत्यु भएको छ । 

    images

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अनुसार मृत्यु हुनेमा गल्याङ नगरपालिका ३ लल्याङ बस्ने ३२ वर्षीय सुनिता भट्टराई रहेकी छन् । 

    भट्टराई आफ्नै घरको बाथरुममा गिजरको प्रयोग गरी नुहाउने क्रममा निसासिएर शुक्रबार बिहान मृत्यु भएको हो ।

    नुहाउन बाथरुम छिरेकोमा लामो समयसम्म बाहिर ननिस्किएपछि आफन्तहरुले ढोका फुटाई हेर्दा बेहोस अवस्थामा फेला पारी उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको उनको उपचारको क्रममा मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    यो पनि पढ्नुहोस् :- आधिँखोलामा एक पुरुष मृत अवस्थामा फेला

    प्रकाशित मिति :पुस ३०, २०७८ शुक्रबार - १८:४७:४६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology