स्याङ्जा, २ माघ । स्याङ्जाको भिरकोट नगरपालिका २ बयरघारी बजारमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एक जना घाईते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार घाईते हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय टिकमाया गुरुङ रहेकी छन् ।
बयरघारी बजारमा ना ४ ख ७१५९ नम्बरको ट्रकले बिहीबार ठक्कर दिँदा घाईते भएकी गुरुङको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नुहोस् :- वालिङमा निःशुल्क डायलासिस सेन्टर सञ्चालनमा
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।