१.
मीठो कोसेली
आफ्नै वन पाखामा
बग्यो सुसेली ।
२.
डाँफे नाचेको
माछापुच्छ्रे हिमाल
हेर्दै हाँसेको ।
३.
हाम्रो संस्कृति
सुसेली घन्काउँदा
रम्छ प्रकृति ।
४.
खोलानाला छ
प्राकृतिक सम्पदा
फालाफाल छ ।
५.
प्यारो नेपाल
विदेशमा गएर
श्रम नफाल ।
६.
फर्क नेपाल
बोक कुटो कोदालो
बाँझो फुटाल ।
७.
स्वाभिमानी छौँ
कसैसँग कहिल्यै
हामी झुक्दैनौँ ।
८.
गर्व गर्दैछौं
हामी आफ्नै कर्ममा
भर पर्दछौँ ।
९.
ज्योति बल्दछ
परिश्रम गरेमा
सुन फल्दछ ।
१०.
गैरी पाटोमा
पोख्नुपर्छ पसिना
आफ्नै माटोमा ।
जानुका थापा
गोल्फुटार, काठमाडौं ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।