Logo

बुधबार, जेठ ११ गते २०७९

नगरप्रमुखसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि...

नगरप्रमुखसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि...

कालीगण्डकी खबर

३, माघ २०७८
  • 670
    SHARES
  • नगरप्रमुखसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि...

    अर्घाखाँची, ३ माघ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगरप्रमुखसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि यही माघ ८ गतेसम्म नगरपालिकाका सेवा बन्द हुने भएको छ । 

    images
    images

    नगरप्रमुख कमलप्रसाद भुसालसहित १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू माघ ८ गतेसम्मका लागि बन्द गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।  

    नगरप्रमुख कमलप्रसाद भुसाललाई कोरोना देखिएपछि सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाले आज ५७ जनामा एन्टिजेन परीक्षण गरेको थियो । १७ जनामा एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य शाखाप्रमुख पूर्णप्रसाद पराजुलीले बताउनुभयो । 

    नगरपालिकाद्वारा जारी गरिएको सूचनामा सन्धिखर्क नगर कार्यपालिकाको निर्णयअनुसार माघ ४ देखि लागू हुने गरी माघ ७ गतेसम्म नियमित कामकाज तथा सेवा बन्द गर्ने निर्णय भएको हो । माघ ८ गते शनिबार परेको छ । माघ ९ गते आइतबारदेखि नगरपालिकाको नियमित कामकाज हुनेछ । 

    साथै नयाँ भेरियन्टसहितको जोखिम सन्धिखर्क नगरपालिकाभित्रमा पनि देखिन सक्ने भएकाले उच्च सतर्कता अपनाउन नगरपालिकाले नगरवासीमा अनुरोधसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो ।

    प्रकाशित मिति :माघ ३, २०७८ सोमबार - २०:०४:१८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology