काठमाडौं, ३ माघ । समलिङ्गी प्रेम सम्बन्ध, बिहे अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको सामाजिक सन्देश बोकेको म्युजिक भिडियो ''भतभती पोल्छ'' सार्वजनिक भएको छ। यस गीतमा युवा पुस्ताकि चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ।
गीतमा शब्द अमेरिकामा बस्दै आएका गीतकार नारायण रसाइलीको रहेको छ। दिप घतानीले संगीतवद्द गरेको यस गीतलाई संजिव बराइलीले संगीत संयोजन गर्नुभएको हो।
भिडियोमा पल शाह र प्रियाना आचार्यको जिवन्त अभिनय रहेको छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गर्नुभएको छ।
तारा लोहनी रसाइली निर्मात्री रहेकी यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो गीतकार रसाइलीको च्यानल 'नारायण रसाइली अफिसिएल' मार्फत सार्वजनिक गरिएको हो।
भिडियो हेर्नुहोस् :-
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।