Logo

बुधबार, जेठ ११ गते २०७९

यस्तो देखियो तीन वर्षको आर्थिक परिदृश्य

यस्तो देखियो तीन वर्षको आर्थिक परिदृश्य

कालीगण्डकी खबर

३, माघ २०७८
  • 460
    SHARES
  • यस्तो देखियो तीन वर्षको आर्थिक परिदृश्य

    काठमाडौँ, ३ माघ । सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ । सोही अवधिको समग्र खर्चमा भने उतार चढावपूर्ण अवस्था रहेको पाइएको छ । 

    अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७६-७७ को पुस मसान्तसम्म राजस्व सङ्कलन कूल लक्ष्यको ३८ दशमलव ९५ प्रतिशत रहेकोमा आव २०७७-७८ मा ४१ दशमलव ७३ प्रतिशत रहेको थियो ।

    images
    images

    चालु आव २०७८-७९ को पुस मसान्तसम्म ४५ दशमलव ९१ प्रतिशत राजस्व सङ्कलन भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा चार दशमलव १८ प्रतिशतले बढी हो ।      

    अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा रहेको छ । आव २०७६-७७ को पुस मसान्तसम्म पूँजीगत खर्च १४ दशमलव ८९ प्रतिशत रहेकोमा आव २०७७-७८ को सोही अवधिमा १४ दशमलव ४० भएको थियो ।
     
    चालु आव २०७८-७९ को पुस मसान्तसम्म पूँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ९६ प्रतिशत कम हो । प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पूँजीगत खर्च अपेक्षाकृत हुन नसकेको हो ।    

    समीक्षा अवधिको चालु र वित्तीय खर्चमा भने केही उतार चढाव देखिएको छ । आव २०७६-७७ को पुस मसान्तसम्म चालु खर्च ३२ दशमलव ३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२ दशमलव ४४ रहेको थियो ।

    आव २०७७-७८ को सोही अवधिमा चालु खर्च ३६ दशमलव ०८ रहेकोमा वित्तीय खर्च १३ दशमलव ०६ भएको थियो ।

    यस्तै चालु आव २०७८-७९ को पुस मसान्तसम्म चालु खर्च ३८ दशमलव १३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६ दशमलव १२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको छ । 

    प्रकाशित मिति :माघ ३, २०७८ सोमबार - २०:५८:१९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology