Logo

बुधबार, जेठ ११ गते २०७९

प्रहरीका २२ प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान

प्रहरीका २२ प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान

कालीगण्डकी खबर

३, माघ २०७८
  • 430
    SHARES
  • प्रहरीका २२ प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान

    काठमाडौँ, ३ माघ । नेपाल प्रहरीका विभिन्न पदमा बढुवा भएका २२ प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । 

    गृह मन्त्रालयको निर्णयअनुसार विभिन्न पदमा बढुवा हुनुभएका २४ प्रहरी अधिकृतमध्ये आज २२  प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । 

    images
    images

    महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतीसँगै जिम्मेवारी थपिएको भन्दै इमान्दार र क्रियाशील भएर कर्तव्य पालन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले कोभिड–१९ को बढ्दो सङ्क्रमणप्रति संवेदनशील एवं चनाखो भई आफू र आफ्नो मातहत प्रहरी कर्मचारी परिचालन गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिनुभयो ।

    समाजमा हुनसक्ने सुरक्षा चुनौतिप्रति सजग र सचेत भई शान्ति सुरक्षा कायम गर्न अझ क्रियाशील हुनुपर्ने उहाँको भनाइ थियो । 

    पदोन्नति भएका अधिकृतको तर्फबाट बोल्दै प्रहरी नायब महानिरीक्षक पूजा सिंहले पदोनन्तिसँगै थपिएको जिम्मेवारीलाई सङ्गठनको गरिमा र महत्वलाई अझ सक्षम, सबल र सुदृढ बनाउन अग्रसर भई आआफ्नो स्थानबाट निष्ठापूर्वक र इमान्दारीसाथ खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    दज्र्यानी चिह्नबाट सुशोभित हुनेमा प्रहरी नायब महानिरीक्षक सिंह, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक इञ्जिनीयर रामकुमार चौधरी, ६ जना प्राविधिक प्रहरी नायब उपरीक्षक र १४ प्राविधिक प्रहरी निरीक्षक रहनुभएको थियो । 

    प्रकाशित मिति :माघ ३, २०७८ सोमबार - २१:२५:०२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology