Logo

बुधबार, जेठ ११ गते २०७९

सुदूरपश्चिम: थप ५३४ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिम: थप ५३४ जनामा कोरोना सङ्क्रमण

कालीगण्डकी खबर

६, माघ २०७८
  • 1.2K
    SHARES
  • सुदूरपश्चिम: थप ५३४ जनामा कोरोना सङ्क्रमण

    बैतडी, ६ माघ । सुदूरपश्चिम प्रदेशमा थप ५३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट दुई हजार २८६ जनाको कोरोना परीक्षण गरिएको थियो । 

    images
    images

    स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआरमार्फत २३९ र एन्टिजेनमार्फत २९५ जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १६७, महाकाली अस्पतालमा ५०, जिल्ला अस्पताल बाजुरामा २२ र एन्टिजेनमार्फत  कैलालीमा ९८, कञ्चनपुरमा  ९४, बाजुरामा ६, दार्चुलामा २, बझाङमा १०, बैतडीमा ५, डोटीमा ३१, डडेल्धुरामा ३८ र अछाममा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  

    पछिल्लो २४ घण्टामा प्रदेशभर १२ जना कोरोनाबाट निको भएका छन् । उक्त अवधिमा प्रदेशमा कोरोनाबाट कोसैको पनि मृत्यु भएको छैन । 
    यसैबीच आज सङ्क्रमण पुष्टि भएका ५३४ जनामध्ये १५५ जना भारतबाट घर फर्किएका व्यक्ति हुन् ।

    प्रदेशको गौरीफन्टा नाकामा ७४, गड्डाचौकी नाकामा ७६, झुलाघाटमा चार र पुलघाट नाकामा एका जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।  

    यसअघि बुधबार प्रदेशमा ४७७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १९ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१६ जनाको ज्यान गइसकेको छ ।

    प्रकाशित मिति :माघ ६, २०७८ बिहीबार - १९:०३:२४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology